News Portal

दुबई २ साताका लागि लकडाउन

राम कुमार परियार
५६८ पटक
अप्रिल ०६, २०२० सोमबार

युएई : युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्म्लिकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने दुबई मिडिया अफिसले जनाएको छ।

यस अवधिमा दुबईका कुनाकुनामा विषादी छर्केर निर्मलीकरण गरिनुका साथै घना बसोबास भएको क्षेत्रहरुमा व्यापक रुपमा स्वास्थ परिक्षण गरिने बताईएको छ।

लकडाउनको अवधीभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन क्षेत्र, मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन्।

रेष्टुरेन्टहरुलाई डेलिभरी सेवा दिन छुट दिईएको छ। यसैगरी उर्जा, सुरक्षा, डाक सेवा, बैंकिङ्ग, पानी, ग्याँस लगायतका क्षेत्रहरु नियमित संचालन हुन पाउनेछन्।

यस अवधिमा अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन अनुमति छैन। खाद्य सामाग्री खरिद गर्न एक परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाउनेछन्।

सबैलाई मास्क लगाएर सामाजिक दुरि कायम राख्न आग्रह गरिएको छ। बैंकिङ क्षेत्र, मनि एक्सचेञ्ज, मर्मत सेवा तथा लन्ड्री सेवालाई बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुन पाउने छुट दिइएको छ।

यसैगरी महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ। प्राधिकरणले ट्याक्सी भाडामा समेत ५० प्रतिशत छुट दिईने बताइएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...