News Portal

एनआरएन मकाउको अभियानमा सहयोग संकलन जुट्दै

हिमाली संचार संवाददाता
१००२ पटक

२७ मार्च २०२०

मकाउ। गैरआवासीय नेपाली संघ मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली समुदायहरुलाई सहयोगका लागि आह्वान गर्ने भएको छ।

कोभिड -१९ विरुद्धको अभियानमा सहयोग “मकाउ नेप्लिज्ज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन, बाबा भाई, ( lei Wai San ) लेइ वाई सान र ब्रोदरहुट एसोसिएशन मकाउका अध्यक्ष बम लिम्बुले ७ हजार सर्जिकल माक्स गैरआवासीय नेपाली संघ मकाउलाई सहयोग हस्तान्तरण गरेका छन्। 

नोवेल कोरोना भाइरस (कोभिड-१९) जोखिमबाट बच्न सर्जिकल फेसमाक्स प्रयोगकर्ता बढेपछि कोरोना प्रभावित देशहरुमा सर्जिकल माक्स पाउन कठीन भइरहेको छ। नेपालमा भने सर्वसाधारण संगै अस्पतालका चिकित्सक स्वयम् सर्जिकल माक्सको लागि लाइनमा बस्न परेको, स्वास्थ्य सामाग्री नै नभएका कारण कोभिड-१९ विरामीको उपचार गर्न थप समस्या परेको समाचार सार्वजनिक भए संगै एनआरएन मकाउले स्वास्थ्य सामाग्री खरीद गरी सहयोग गर्ने निर्णयमा पुगेको एनआरएन मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन्। 

मकाउमा संकलन भएका सहयोग रकमले खरिद गरिने स्वास्थ्य सामाग्री, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप उच्च गुनस्तरको हुन्छ। मकाउ- नेपालमा सरकारले लगाएको लकडाउन खुले पछि जति सक्दो चाडो नेपाल पठाउने तयारी गरिरहेका पनि अध्यक्ष गुरुङले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...