News Portal

एनआरएन मकाउको अभियानमा सहयोग संकलन जुट्दै

हिमाली संचार संवाददाता
१०८४ पटक

२७ मार्च २०२०

मकाउ। गैरआवासीय नेपाली संघ मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली समुदायहरुलाई सहयोगका लागि आह्वान गर्ने भएको छ।

कोभिड -१९ विरुद्धको अभियानमा सहयोग “मकाउ नेप्लिज्ज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन, बाबा भाई, ( lei Wai San ) लेइ वाई सान र ब्रोदरहुट एसोसिएशन मकाउका अध्यक्ष बम लिम्बुले ७ हजार सर्जिकल माक्स गैरआवासीय नेपाली संघ मकाउलाई सहयोग हस्तान्तरण गरेका छन्। 

नोवेल कोरोना भाइरस (कोभिड-१९) जोखिमबाट बच्न सर्जिकल फेसमाक्स प्रयोगकर्ता बढेपछि कोरोना प्रभावित देशहरुमा सर्जिकल माक्स पाउन कठीन भइरहेको छ। नेपालमा भने सर्वसाधारण संगै अस्पतालका चिकित्सक स्वयम् सर्जिकल माक्सको लागि लाइनमा बस्न परेको, स्वास्थ्य सामाग्री नै नभएका कारण कोभिड-१९ विरामीको उपचार गर्न थप समस्या परेको समाचार सार्वजनिक भए संगै एनआरएन मकाउले स्वास्थ्य सामाग्री खरीद गरी सहयोग गर्ने निर्णयमा पुगेको एनआरएन मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन्। 

मकाउमा संकलन भएका सहयोग रकमले खरिद गरिने स्वास्थ्य सामाग्री, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप उच्च गुनस्तरको हुन्छ। मकाउ- नेपालमा सरकारले लगाएको लकडाउन खुले पछि जति सक्दो चाडो नेपाल पठाउने तयारी गरिरहेका पनि अध्यक्ष गुरुङले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...