News Portal

एक देशले अर्को देशलाई सिध्याउन कोरोनाको त्रास

नेपाल सरकार र विभिन्न गैरसरकारी संघसंस्थाहरुले डिप्रेसन, भोकमरी, भवितव्य र जोखिमहरुको समाधानहरुबारे तत्काल ध्यान दिन जरुरी छ।

राकेश कुमार शर्मा
४२७ पटक

रोग लाग्नु वा रोगले आक्रमण गर्नु भनेको कुनै पनि राम्रो होइन।जुनसुकै रोग लागे पनि सतर्कता अपनाउनु नै पर्छ। अब मानिसहरु कालगति वा अन्य रोग लागेर मरे पनि कोरोना भाइरसले नै मृत्यु भयो भन्ने बुझाई शुरूवात भएको छ।यसकारण कोरोना भाइरसको बढी प्रचार भए जस्तो छ। बनको बाघले नखाए पनि मनको बाघले खाए जस्तो भएको छ।

कोरोनाको भयले गर्दा घरमा बस्दाबस्दै कतै नागरिकहरुलाई डिप्रेसन हुने त होइन ? लकडाउन अनिश्चितकालसम्म पनि हुनसक्छ। कोरोना भाइरसले भोकमरी लाग्ने त होइन ? मुलुकमा आउने भवितव्य र जोखिमहरु यसतर्फ पनि हाम्रो मुलुकको सरकार र विभिन्न संघसंस्थाहरुले तत्काल ध्यान दिन जरुरी छ।

कालोबजारी पनि व्यापकरुपमा बढीरहेको अवस्था पनि छ।यसकारण सरकारले नागरिकहरुको लागी खाद्यान्न र ग्यासको सर्वसुलभ पसल खोली दिनुपर्छ।

कोरोना भाइरस ठुलठुला मुलुकहरुको बीचको जुँगाको लडाइँ हो जस्तो मलाई लाग्छ ? एक मुलुकले अर्को मुलुकलाई सिध्याउन रचेको प्रयास हो की ? यसले सबैभन्दा असर र जोखिम हाम्रो जस्तो मुलुकलाई पार्ने हो।

नेपालमा भुकम्प आएको बेला बाहिरी मुलुकहरूबाट आएको त्रिपालहरु र खाद्यान्नहरु जस्ता जस्तै सहयोगहरु र सरसामानहरुको व्यापक दुरुपयोग भएको थियो।कोरोना भाइरसको नाममा बाहिरी मुलुकहरूबाट आएको सहयोगहरु र सरसामानहरुको दुरुपयोग नगरौ, यसकारण सजग र सतर्क हौं।

स्वतन्त्र नेपाली नागरिक
मोबाइल : ९८४८०५५७७६

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...