News Portal

“एनिमल प्रोटीन शरीरमा कमी भएमा हामी म्याल्नुट्रिशनको समस्यामा फस्ने र अन्य रोगको जोखीममा पर्ने सम्भावना” प्रा. डा. होम बहादुर बस्नेत

रामप्रसाद ढुंगेल
३५५ पटक

११ चैत्र २०७६ 

कोरोनाको नेपालमा संक्रमण होस या नहोस केहि समय पछि म्याल्नुट्रिशनको कारणले कुनैपनि साधारण व्याक्ट्रेरिया होस वा भाइरसले हामीलाई आक्रमण गर्न सक्छ।

एक माइक्रोबाइलोजी र इम्मुनोलोजीको प्राध्यापकको हैसियतले म सर्वसाधारण, वुद्दीजिवी‌, चिकित्सक र जानकार मित्रहरुमा यो विज्ञानमा आधारित धारणा राख्दै छु।

कोरोनावाट बचाउने र वच्ने ठुलो उपाय भनेको हाम्रो प्रतिरोधात्मक शक्ति बढाउनु हो जुन हामी विभिन्न समाचार मार्फत सुन्दै आएका पनि छौ र संसार भरका डाक्टरहरुले पनि बताउदै आएका छन्। तर अझसम्म आएका म्यायेजमा प्रतिरोधात्मक शक्ति इम्युनिटी पावर कसरी बढाउने वा बढ्छ भन्ने उल्लेख भएको पाइएन । कोरोना भाइरस कसरी सर्छ र यसलाई सर्न नदिन के के गर्ने भन्ने या कोरोना भाइरस कसरी मर्छ भन्ने कुराको जानकारी भने हरेक प्रकारका मिडियामा पनि आइरहेको छ। 

यहाँसम्मकी विश्व स्वास्थ्य संगठनको सुझावमा पनि कोरोना भाइरस सर्नवाट कसरी वच्ने भन्ने कुरामा आधारित छ। तर हाम्रो इम्युनिटी सिस्टम कसरी दरिलो पार्ने भन्ने तर्फ त्यति ध्यान गएको पाईदैन। त्यसैले विज्ञानमा आधारित रहेर शरिरमा प्रतिरोधात्मक शक्ति इम्युनिटी पावर कसरी बढाउन सकिन्छ भन्ने तर्फ ध्यानाकर्षण गराउन चाहान्छु।

शरिरमा प्रतिरोधात्मक कार्य गर्ने वा इम्युनिटीको कुरा गर्दा वा रोग संग लडन सक्ने इम्युनिटी पावर वढाउन हाम्रो खानामा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ। प्रोटिनले नै हाम्रो शरिरको हरेक इम्युन सेल वा इम्युनग्लोविन वा प्रतिरोधात्मक शक्ति बनाउने कोषहरू बन्नको लागि चाहिने इम्युन एसिड इसुन्टियल इम्युन एसिड प्रदान गर्दछ। 

यो प्रोटीनमा अण्डा, मासु, दुध, माछा र गेडागुडीबाट प्राप्त गर्ने गर्छौ। हाम्रो शरिरकोको लागि उपयुक्त आवश्यक इम्युनो एसीट वा प्रोटीनहरु मुख्यत एनिमल श्रोतहरुबाट प्राप्त हुने उपयुक्त मानिन्छ जुन हामी मासु, अण्डा, दुध वा माछा वाट प्राप्त गरिन्छ। जुन विना हामी शरिरमा प्रतिरोधात्मक शक्ति बढाउ सक्दैनौ।

गलत म्यासेजको प्रवाहले अधिकांश मानिसले एनिमल श्रोत प्रोटीन मासु, अण्डा, माछा लगायत परिकार खान कम गरेको पाइएको छ। जस्ले गर्दा हाम्रो इम्युनिटी पावर घटने गर्दछ। जुन वेलामा आवश्यक छ त्यहिबेला झन हामी गलत प्रचार बाजिको पछिलागेका छौ। कोरोना भाइरस मासु, अण्डा, माछा खाएर सर्छ भन्ने कुरै होईन। यस्को सेवन नगर्नाले शरिरको इम्युनिटी लेभल घट्ने कुरा पक्का हो।

हामीले चीनलाई हेर्न सक्छौ। जव चीनमा पहिलो पल्ट कोरोना संक्रमण भयो, चीनलाई सिक कन्ट्री पनि भनियो तर आज चीनले संसारलाई चकित पार्दै कोरोना भाइरसबाट कन्ट्रेल प्राप्त गर्न सफल भएको छ किनकी उनिहरुले हरेक उपाय अपनाउनुको साथै व्यक्तिमा इम्युनिटी पावर वढाउन भरपूर प्रयास गरेका छन। उनिहरुले खानामा प्रोटीनको मात्रालाई महत्व दिएका छन।

त्यसैले अहिले चीनमा मासु र अण्डाको खपत अत्याधिक बढेको छ र चीनमा कुखुराको मासुको खपत चढेर भाउ ३ गुनाले बढेको छ भने भारतमा मासु सम्बन्धी नकारात्मक खबरले मासुको खपत घट्नुको साथै कोरोना संक्रमण बढन गएको छ। हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमणका खबर त छैनन तर देश उच्च जोखिममा भने छ। कृपया रोकथामका उपायका साथ हाम्रो इम्युनिटी पावर बढाउन अत्यन्त जरुरी छ।

त्यसैले नियन्त्रणका उपाय अपनाउदै हाम्रो इम्युनी सिस्टम बलियो बनाउन दैनिक एनिमल प्रोटीन (मासु, दुध, अण्डा, माछा) खाने गरौ। आइसोलेशन बस्दै गर्दा दिनमा दुइ तिन पटक एनिमल प्रोटीन सुप पिउने गर्दा अवश्य हाम्रो इम्युनी पावर बढ्ने छ र कोरोनाको जोखिम घट्ने छ।

(प्रा. डा. होमबहादुर बस्नेत कृषि र वन विज्ञान विश्वविद्यालय रामपुर, चितवन नेपाल, संकलन रामप्रसाद ढंगेल)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...