News Portal

युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ ४१ जना उपचार पछि घर फर्किए

हिमाली संचार संवाददाता
४८८ पटक

युएइ- युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ भई घर फर्केका छन् । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उद्रत गर्दै बताइए अनुसार २ नेपाली, १ इरानी सहित सोमबारसम्म ४१ जना पुर्ण रूपमा स्वस्थ भएको जनाइएको छ ।

विश्वव्यापी रूपमा महामारीको रुप लिदै गएको कोरोना भाइरसको नियन्त्रणको लागि युएइ सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ । युएइका हरेक बाटाहरुलाई कोरोना भाइरसमुक्त गराउन ११ दिने सरसफाई अभियान थालेको छ । दुबईका हरेक बाटो र गल्लीहरुलाई औषधी पानीले धोएर (स्टेरिलाईजेसन) कोरोनामुक्त (डिसइन्फेक्टेड) बनाइन लागेको छ ।

यूएईले २ हप्ताका लागि ट्रान्जिट भएर आउने /जाने यात्रु हवाई सेवालाई समेत राेक लगाएकाे छ ।
बुधबारबाट लागु हुने गरि अधिकांश सपिङ मलहरू, कमर्सियल सेन्टर, मासु तथा सब्जी पसल समेत २ हप्ताका लागि बन्द गर्ने भएकाे छ । तर लुलु हाइपरमार्केट र क्यारीफोर हाइपरमार्केट भने सहज जीवनयापनका लागि खुल्ला रहनेछन् ।

हाेटल रेष्टुरेन्टहरूले डेलिभरी सेवा मात्र प्रदान गर्न सुझाइएको छ ।
सार्वजनिक पार्क , समुद्रि तटमा जान राेक लगाईएकाे छ ।आवश्यकता नपरी बाहिर ननिस्कन सबैमा अनुराेध गरिएकाे छ ।
हाल सम्म यूएईमा काेराेना (काेभिड-१९) बाट १ सय ९८ जना संक्रमित भेटिएका छन्, २ जनाकाे मृत्यु भएकाे छ भने ४१ जना निकाे भएर घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...