News Portal

कुवेतमा आंशिक कर्फ्यू, उल्लंघन गरे तीन बर्ष जेल र १० हजार दिनार जरिवाना

कमल सिंह ठकुरी
७४४ पटक

कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ।

कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक कर्फ्यू २२ मार्च २०२०(२०७६ चैत्र ९) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि हरेकदिन बेलुकी ५ बजे देखि बिहान ४ बजे सम्म लागू हुने जनाइएको छ।

कुवेतमा अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरू लगायत निजी कम्पनीहरू यस अघि २६ मार्च २०२० सम्म बन्द रहने भनिएको थियोे। तर, शनिबारको मन्त्रिपरिषदको निर्णयानुसार थप दुई हप्ता बन्द रहने बताइएको छ।

साथै कर्फ्यू उल्लंघन गर्नेलाई तीन बर्ष जेल र १० हजार दिनार सजाय हुने भएको हुँदा कुवेतस्थित नेपाली राजदुतावासले आइतबार एक बिज्ञप्ती जारी गर्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कर्फ्यूको समयमा बाहिर ननिस्किन र कर्फ्यू आदेशको पालन गर्नु अनुरोध गरेको छ।

कुवेतमा हालसम्म १ सय ८८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण भएको स्वास्थ मन्त्रालयलाई उदृड गर्दै आईमनम्याटले जनाएको छ।

हेर्नुहोस नेपाली राजदूतावास कुवेतले जारी गरेको विज्ञप्तिको पुर्णपाठ यस्तो छ:

प्रेस विज्ञप्ति

कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ २१ मार्च २०२० (मिति २०७६ चैत्र ८) का दिन कुवेतको मन्त्रिपरिषदबाट कुवेतमा आंशिक कर्फ्यू लागू गर्ने निर्णय गरिएको छ। सो निर्णयानुसार आंशिक कर्फ्यू आज २२ मार्च २०२० (मिति २०७६ चैत्र ९) देखि हरेक दिन बेलुकी ५ बजे देखि बिहान ४ बजे सम्म अर्को सूचना प्रकाशित नभएसम्म लागू हुने र यसको उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको व्यहोरा समेत उल्लेख भएको हुँदा सबैमा जानकारी गराईएको छ। तसर्थ, कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त समयमा बाहिर ननिस्किनहुन र कर्फ्यू आदेशको पालन गर्नुहुन हार्दिक अनुरोध छ। त्यस्तै कुवेत सरकारको सम्बन्धित निकायबाट जारी एक अर्को सूचना अनुसार अत्यावश्यक बाहेकका कुवेतका सरकारी निकायहरू, विभागहरू एवं निजी कम्पनीहरू यस अघि २६ मार्च २०२० सम्म बन्द रहने भनिएकोमा तत्पश्चात थप दुई हप्ता बन्द रहने भएको व्यहोरा समेत जानकारी गराइन्छ।
नेपाली राजदूतावास कुवेत
२०७६|१२|०९

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...