कुवेत २०, २०२० मार्च : क्यान्सरबाट मृत्यु भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ। आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारको रुपमा कुवेतमा रहदा ब्लड क्यान्सरबाट पिडित भई अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो। उनको केही समय अगाडि मात्रै नेपालमा मृत्यु भएको थियोे।
प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुदा कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक सहयोग सकलन गरेको थियो। सोहि अभियानमा संकलित रक़म ५१,००० (एकाउन्न हज़ार) संस्थाका सदस्य बिर बहादुर घलेले मृतकका आमा फूलमाया गुरुङलाई उनकै निवास पुगि हस्तान्तरण गरेका छन।
जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद दिदै समाजका उपाध्यक्ष प्रदिप कार्कीले धन्यवाद दिएका छन।