News Portal

  • आफै नेता बन्ने कि गुटको भर्‍याङ ?

    बिष्णुहरि घिमिरे
    ४०१ पटक

    वर्तमानमा धेरैले आश गरेका नेतामा नेपाली काँग्रेसका गगन थापा एक हुन्। हरेक विषयमा गुण र दोषको आधारमा उनले गर्ने विष्लेशणले प्रायलाई आकर्षित गरेको हो। कतिपय मुद्दामा पार्टी चिप्लिदा पनि गगनले त्यसलाई सच्चाउने गरेका छन्।

    पछिल्लो उदाहरण नै बालुवाटार जग्गा काण्ड भ्रष्ट्राचारको मुद्दामा हेरौ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति एवं संसदीयदलका उपनेता विजय गच्छेदारलाई पनि त्यो प्रकरणमा दोषि भन्दै मुद्दा दायर गर्‍यो।

    सोही विषयलाई लिएर काँग्रेसले संसद नै अवरूद्द गर्‍यो। पार्टी केन्द्रिय कार्यसमिति बैठक पनि गच्छेदारकै पक्षमा जाने तरखर गर्दै थियो तर गगनसहितका केही केन्द्रिय सदस्यको तर्कपछि पार्टी सच्चियो। यस्ता थुप्रै मुद्दा छन्, जहाॅ सिंगो पार्टी अलमल हुदै गर्दा गगन थापाले आफ्नो धारणा बनाई सकेका हुन्छन्।

    वर्तमान नेकपाको सरकार काण्डैकाण्डले जेलिएको छ। ईतिहासकै किर्तिमानी भ्रष्ट्राचारका काण्डहरू एकपछि अर्को गर्दै सार्वजनिक भएका छन्। विजय गच्छेदारको नाममा तीन दिन संसद अवरूद्द गर्ने काँग्रेस तत्कालिन सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डमा लगभग मौन नै देखिएको छ।

    यस अघिका पनि प्राय भ्रष्ट्राचारका काण्डमा काँग्रेस मौननै देखिएको हो। भ्रष्ट्राचार र सरकारका अन्य रवैयाका बारेमा काँग्रेसले मौन बस्दा कतिपय अवस्थामा लाग्छ नेपाल प्रतिपक्षीदल बिहिन छ।

    उही गगन थापा छन र कहिलेकाहीं काँग्रेस भन्ने पार्टी पनि छ भन्नेको संख्या पनि थपिदै छ। गगन थापा राष्ट्रिय नेता बन्छन कि भन्ने थियो। नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा राजीतिक जीवनमा ठूलो भूल गरेका उनी यसपटक सच्चिएलान भन्ने लागेको थियो। तर ‘कुवाको भ्यागुतो कुवामा नै रमाउछ’ भने जस्तै यसपटक पनि गगनले कृष्ण सिटौला गुटकै फेरो समाउन नछाड्ने भए।

    गुटको राजनीति बारेमा आम मान्छे भन्दा गगन थापा निश्चय पनि बढी अनुभवि छन्। गुटले पार्टीलाई कुन दलदलमा फसाएको छ र त्यसको असर मुलुक तथा जनमानसमा कसरी परेको छ भन्ने त प्रष्ट नै छ। तर पनि खै किन उनी त्यो दलदलबाट बाहिर निस्कन सकेनन्। के बाध्यता हो उनको ?

    खुल्दुलीको विषय, आखिर हार्ने महामन्त्रीका लागि गगन थापाले १३ औं महाधिवेशनमा सिटौला गुटबाट किन चुनावमा होमिए ? उनी एक्लै लडेर हारेको भए उनको ईज्जत् झनै बड्ने थियो, त्यो हुदाॅ उनी आफै नेता बन्ने थिए। ‘आए आप गए झटारो’ भन्ने स्थिती थियो।

    १२ औं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत पाएका गगन १३ औं महाधिवेशनमा एक्लै महामन्त्रीमा चुनाव हारे पनि जिते पनि केन्द्रिय सदस्य हुने नै थिए। यस्तो सुविधा पाउदापाउदै उनी सिटौला गुटको नाममा आफ्नै ससुरा अर्जुन नरसिंह केसीसंग किन भिडे ? एक प्रकारले उनले ससुराको राजनीतिक जीवन पनि लगभग पूर्णविराम नै लगाईदिए।

    नेपाली काँग्रेसको वर्तमान समिकरणमा कृष्ण सिटौलागुट आफै जित्ने गुट होईन। यो गुटलाई भर्‍याङ बनाएर अर्को गुट पार्टीको नेतृत्वमा पुग्न सक्छ। १३ औं महाधिवेशनमा त्यो भएकै हो। अब फेरि पनि गगन थापा त्यही लाईनमा हिड्ने छनक देखियो।

    गुटले पार्टी क्यान्सर रोगि जस्तो भएको छ। नेकपाको सरकार उन्मात हुदै गएको छ। लोकतान्त्रिक गणतन्त्र दिगो र सक्षम हुन प्रतिपक्ष पनि बलियो हुनै पर्छ।

    चेक एण्ड व्यालेन्स हुनका लागि पनि अहिलेको अवस्थामा काँग्रेस बलियो हुनै पर्छ। तर काँग्रेस गुटको झगडामा छ। एउटै झण्डा र एउटै रूख मुनी काँग्रेसीहरू एकले अर्को सिध्याउने खेलमा लागेका छन्। त्यसको फाईदा नेकपाको सरकारले लिएको छ।

    जसको कारण सरकार एकपछि अर्को गर्दै जनताको मौलिक अधिकार खोस्ने कानुन ल्याउन अग्रसर छ। यस्तो अबस्थामा गगन थापा एउटा गुटको लफेदा समाउनेकि आफै नेता बन्ने कि भर्‍याङ ?

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको...