News Portal

आफै नेता बन्ने कि गुटको भर्‍याङ ?

बिष्णुहरि घिमिरे
४८७ पटक

वर्तमानमा धेरैले आश गरेका नेतामा नेपाली काँग्रेसका गगन थापा एक हुन्। हरेक विषयमा गुण र दोषको आधारमा उनले गर्ने विष्लेशणले प्रायलाई आकर्षित गरेको हो। कतिपय मुद्दामा पार्टी चिप्लिदा पनि गगनले त्यसलाई सच्चाउने गरेका छन्।

पछिल्लो उदाहरण नै बालुवाटार जग्गा काण्ड भ्रष्ट्राचारको मुद्दामा हेरौ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति एवं संसदीयदलका उपनेता विजय गच्छेदारलाई पनि त्यो प्रकरणमा दोषि भन्दै मुद्दा दायर गर्‍यो।

सोही विषयलाई लिएर काँग्रेसले संसद नै अवरूद्द गर्‍यो। पार्टी केन्द्रिय कार्यसमिति बैठक पनि गच्छेदारकै पक्षमा जाने तरखर गर्दै थियो तर गगनसहितका केही केन्द्रिय सदस्यको तर्कपछि पार्टी सच्चियो। यस्ता थुप्रै मुद्दा छन्, जहाॅ सिंगो पार्टी अलमल हुदै गर्दा गगन थापाले आफ्नो धारणा बनाई सकेका हुन्छन्।

वर्तमान नेकपाको सरकार काण्डैकाण्डले जेलिएको छ। ईतिहासकै किर्तिमानी भ्रष्ट्राचारका काण्डहरू एकपछि अर्को गर्दै सार्वजनिक भएका छन्। विजय गच्छेदारको नाममा तीन दिन संसद अवरूद्द गर्ने काँग्रेस तत्कालिन सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डमा लगभग मौन नै देखिएको छ।

यस अघिका पनि प्राय भ्रष्ट्राचारका काण्डमा काँग्रेस मौननै देखिएको हो। भ्रष्ट्राचार र सरकारका अन्य रवैयाका बारेमा काँग्रेसले मौन बस्दा कतिपय अवस्थामा लाग्छ नेपाल प्रतिपक्षीदल बिहिन छ।

उही गगन थापा छन र कहिलेकाहीं काँग्रेस भन्ने पार्टी पनि छ भन्नेको संख्या पनि थपिदै छ। गगन थापा राष्ट्रिय नेता बन्छन कि भन्ने थियो। नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा राजीतिक जीवनमा ठूलो भूल गरेका उनी यसपटक सच्चिएलान भन्ने लागेको थियो। तर ‘कुवाको भ्यागुतो कुवामा नै रमाउछ’ भने जस्तै यसपटक पनि गगनले कृष्ण सिटौला गुटकै फेरो समाउन नछाड्ने भए।

गुटको राजनीति बारेमा आम मान्छे भन्दा गगन थापा निश्चय पनि बढी अनुभवि छन्। गुटले पार्टीलाई कुन दलदलमा फसाएको छ र त्यसको असर मुलुक तथा जनमानसमा कसरी परेको छ भन्ने त प्रष्ट नै छ। तर पनि खै किन उनी त्यो दलदलबाट बाहिर निस्कन सकेनन्। के बाध्यता हो उनको ?

खुल्दुलीको विषय, आखिर हार्ने महामन्त्रीका लागि गगन थापाले १३ औं महाधिवेशनमा सिटौला गुटबाट किन चुनावमा होमिए ? उनी एक्लै लडेर हारेको भए उनको ईज्जत् झनै बड्ने थियो, त्यो हुदाॅ उनी आफै नेता बन्ने थिए। ‘आए आप गए झटारो’ भन्ने स्थिती थियो।

१२ औं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत पाएका गगन १३ औं महाधिवेशनमा एक्लै महामन्त्रीमा चुनाव हारे पनि जिते पनि केन्द्रिय सदस्य हुने नै थिए। यस्तो सुविधा पाउदापाउदै उनी सिटौला गुटको नाममा आफ्नै ससुरा अर्जुन नरसिंह केसीसंग किन भिडे ? एक प्रकारले उनले ससुराको राजनीतिक जीवन पनि लगभग पूर्णविराम नै लगाईदिए।

नेपाली काँग्रेसको वर्तमान समिकरणमा कृष्ण सिटौलागुट आफै जित्ने गुट होईन। यो गुटलाई भर्‍याङ बनाएर अर्को गुट पार्टीको नेतृत्वमा पुग्न सक्छ। १३ औं महाधिवेशनमा त्यो भएकै हो। अब फेरि पनि गगन थापा त्यही लाईनमा हिड्ने छनक देखियो।

गुटले पार्टी क्यान्सर रोगि जस्तो भएको छ। नेकपाको सरकार उन्मात हुदै गएको छ। लोकतान्त्रिक गणतन्त्र दिगो र सक्षम हुन प्रतिपक्ष पनि बलियो हुनै पर्छ।

चेक एण्ड व्यालेन्स हुनका लागि पनि अहिलेको अवस्थामा काँग्रेस बलियो हुनै पर्छ। तर काँग्रेस गुटको झगडामा छ। एउटै झण्डा र एउटै रूख मुनी काँग्रेसीहरू एकले अर्को सिध्याउने खेलमा लागेका छन्। त्यसको फाईदा नेकपाको सरकारले लिएको छ।

जसको कारण सरकार एकपछि अर्को गर्दै जनताको मौलिक अधिकार खोस्ने कानुन ल्याउन अग्रसर छ। यस्तो अबस्थामा गगन थापा एउटा गुटको लफेदा समाउनेकि आफै नेता बन्ने कि भर्‍याङ ?

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...