News Portal

  • असन्तुष्ट पक्षलाई समेटेर जनसम्पर्क समितिको अधिवेशन गराउँने गिरीको उद्वघोष

    हिमाली संचार संवाददाता
    ३०९ पटक

    अष्ट्रेलिया १७, २०२० मार्च : नेपाली काँग्रेसको वैदेशिक सम्पर्क शाखा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गराउन नेता जग्गनाथ (कृष्ण) गिरी कम्मर कसेर लागेका छन्। केहि महिना अघि काँग्रेस केन्द्रिय समितिले निर्णय गर्दै अष्ट्रेलियाका गिरीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए)को अधिबेशन गराउन जिम्मेवारी सुम्पिएपछि गिरीले सबैलाई समेटेर अधिबेशन गराउन लागि परेका हुन्।

    पार्टीले जिम्मेवारी दिएको दिनदेखि आजका दिनसम्म निरन्तर छलफल र बहसबाट सबैलाई एकतामा बाँधेर चौथो अधिबेशन गर्ने प्रयासमा आफु लागेको सभापति गिरीले बताए। ‘शान्तिपुर्ण, विवादरहित वातावरणमा अधिवेशन सम्पन गर्न हामी सबै कस्सिएर लागेका छौं।

    सबैको साथ मिलिरहेको छ। सभापति गिरीले भने ‘पार्टीका केन्द्रिय नेतादेखि अष्ट्रेलियामा रहेका अगुवा, सबै साथीहरुसँग छलफल गर्दै अधिवेशनलाई सफल पार्नका लागि लागेका छौं।

    गुटउपगुट र गलत मानसिकताका व्यक्तिहरुले अधिवेशनमा बाधा पुर्याउन खोजेकोप्रति दुःख व्यक्त गर्दै उनीहरुले लगाएका आरोपहरु कपोकल्पीत र भ्रामक भएको अष्ट्रेलियाका अगुवा काँग्रेसीहरुले बताएका छन्।

    वेष्ट्रन अष्ट्रेलिया (पर्थ) संयोजक नील थपलीया अधिवेशनको तयारी सौहार्दपूर्ण वातावरणमा भइरहेको बताए। संयोजक थपलिया भन्छन्–‘गलत प्रचार गर्ने गराउने सच्चा काँग्रेसी हुन सक्दैनन, सवै लोकतन्त्रबादीहरु अधिबेशन सभ्य र भब्य रुपमा सफल बनाउन एक जुट हौं।

    ब्रिसबेनका संयोजक अभिमान सिंह बस्नेतले सबै कुराको छिनोफानो अधिबेशनले गर्ने हुनाले अधिबेशन सफल पार्न र गलत भ्रममा नपर्न सबैलाई आग्रह गरे।

    बिदेशस्थित जनसम्पर्क समितिहरुका बारेमा पार्टिले स्पष्ट नीति निर्देशन तयार गर्दै अधिवेशनका लागि गरेका निर्णयहरुले प्रवासका काँग्रेस समर्थितहरुलाई झन उत्साहित बनाएको छ।

    त्यसैले यतिखेर अष्ट्रेलियामा रहेका काँग्रेसीहरु खुसीका साथ अधिबेशनको तिब्र तयारीमा जुटेका छन। अधिवेशनका बारेमा कुनै विवाद नरहेको र गुटउपगुट गराउन खोज्ने तत्वहरुले अधिबेशन हुन नदिन खोजेको नेताहरुले बताएका छन्।

    मेलवर्न संयोजक रमेश छत्कुलीले अधिवेशनमा बाधा अड्चन नहाल्न र सबै सहभागि हुन आव्हान गरे। संयोजक छत्कुलीले पैसा खाएर केही नेपाली अनलाईनले गलत र भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति म चिन्ता ब्यक्त गर्दछु।

    युवा नेता शीतल खाँडले आफूहरु जनसम्पर्क मिलाउन दिनरात छलफल, सहमति र सहकार्य गरिरहेको र एकथरी साथीहरुले विहान सूर्योदय भएदेखि बेलुकी सूर्यास्त भएसम्म कसरी विगार्ने भन्ने मात्रै खेल खेलिरहेको बताए।

    अर्का जनसम्पर्क अभियन्ता गणेश केसीले अधिवेशनको तयारीमा सवै जुटिरहेको अवस्थामा अनावश्यक बखेडा निकाल्नुको कुनै तुक नरहेको उल्लेख गर्दै प्रजातन्त्रमा विश्वास गर्ने र विधिविधानलाई सर्वोपरि ठान्ने लोकतन्त्रबादीहरु अधिवेशनलाई सभ्य र भब्य बनाउन लाग्नुपर्ने बताए।

    सभापति गिरीले नेपाली काँग्रेसका नेता एनपि साउदको उपस्थितिमा कार्यकर्ता भेला राख्ने, सबैका कुरा सुन्ने, काम गर्न चाहनेहरुका लागि एक्सप्रेस अफ इन्ट्रेस मागेर सबैलाई संगठनमा काम गर्न ढोका खुल्ला गर्ने, पद्धति र प्रक्रिया अनुरुप असन्तुष्ट पक्षहरुसंग छलफल गर्ने, सफलता पूर्वक अधिवेशन सम्पन्न गर्न अष्ट्रेलियाका प्रतिष्ठित, अनुभबि र संगठनमा लामो समयदेखि सहयोगी रहेका व्यक्तिहरुलाई संलग्न गराएर समिति निर्माण गरी सुझब प्रतिवेदन तयार पर्ने जस्ता चरमबद्धरुपमा कार्य सम्पादन गरेका छन्।

    सभापति ज्यू निकै खटिएर लाग्नु भएको छ। अधिवेशन सम्पन्न गर्न सबैलाई समेटेर छलफल गर्दै अगाडी बढ्नु भएको छ। यहाँस्थित काँग्रेसी नेताहरुले भने। गिरीले करिब ४ महिनाको गृहकार्यपछि अधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न उपसमिति गठन गर्दै संगठन निर्माण समेत गरेका छन्।

    अधिवेशनको तिब्र तयारीमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया पार्टि भित्रको आन्तरीक मनमुटाव र संगठनमा आफ्नैले आफ्नालाई सिध्याउने खेलले गर्दा गएका सबै निर्बाचनमा नेपाली कांग्रेसले ठूलो हार बेहोर्नु परेको र यो रोगबाट प्रवासमा बस्ने नेपाली काँग्रेस समर्थित नेपालीहरु समेत अछुतो रहेका छैनन्।

    यसबाट जनसम्पर्क समितिहरु समेत यस्ता बिवादमा तानिए। पछिल्लो समय पार्टिमा धेरै निर्णयहरु छलफल र सर्बसम्मत गर्ने कार्यहरु भएका छन। एकतामा नै सबैको स्वार्थ पुरा हुने र संगठनको जित हुने भएकाले विवाद नगरि सबैलाई एउटै मालामा गाँसिन सभापति गिरीले आग्रह गरे।

    नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा एक सदस्यमात्र समिति भएकाले सभापति गिरीले चौथो अधिबेशन सम्पन्न गराउन अष्ट्रेलियाका ८ ओटै राज्यमा समिति बिस्तार समेत गरेका छन्। राज्य अधिबेशन तयारी तथा तदर्थ समितिका संयोजकहरुमा क्रमशः एनएसडब्लु (सिड्नी) संयोजक सितल गिरी, भिक्टोरीया (मेलवर्न) संयोजक रमेश छत्कुली, क्वीन्सलेण्ड (ब्रिसवेन) संयोजक अभिमानसिंह बस्नेत, साउथ अष्ट्रेलिया (एडिलेड) संयोजक दिलिप पोखरेल, वेष्ट्रन अष्ट्रेलिया (पर्थ) संयोजक नील थपलीया, नर्दन टेरीटोरी (डार्वीन) संयोजक सिजन गिरी, क्यानवेरा–क्वीनविन (एसिटि) संयोजक भागिरथ सापकोटा र ताजमानीया संयोजक प्रमोद सापकोटा (टेक) रहेका छन।

    त्यसैगरी केन्द्रिय निर्बाचन समिति, संयोजक गणेश केसी र बिधान संसोधन समिति संयोजक निरज श्रेष्ठ रहेका छन। सल्लाहकार समिति र अन्य उपसमिति गरी करिब २ सय भन्दा बढि व्यक्तिहरुलाई जिम्मेवारीमा समावेश गराएर एकताको सन्देश नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले दिएको छ।

    पछिल्लो समय एनआरएनएको निर्बाचनमा राजनीति घुसाई व्यापार गर्ने, उमेद्वारहरुलाई तनाब दिई खाई पिई मोज मस्ती गर्नेहरुका लागि भने संगठनमा आएका सुधारका कार्यक्रमहरुले टाउको दुखाएको समर्थकहरु बताउँछन्। पार्टीको गुटउपगुट र गलत मानसिकतालाई त्यागेर अविवेशनलाई सफलता पूर्वक सम्पन्न गराउन सबैलाई आग्रह गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal