News Portal

  • शेरबहादुर देउवाको बिकल्प को ?

    सिपि धादिङे
    २९९ पटक

    नेपालको इतिहासमा सबै भन्दा पुरानो माउ पार्टी तथा लोकतन्त्रको आफुलाई सच्चा पहरेदार ठान्ने नेपाली काङ्ग्रेसले आशन्न महाधिवेशनबाट बर्तमान सभापति देउवाको नेतृत्व परिवर्तनको लागि गुट, उपगुट, बिनागुट स्वतन्त्र रुपमा खुलेआम लागेको घाम जस्तै छर्लङ्ग छ।

    बि. स. २०१५ सालको आम चुनावमा महामानव स्वर्गीय बिपि कोइराको नेतृत्वमा २ तिहाई जनमत प्राप्त गर्न सफल काङ्ग्रेस स्वर्गिय श्रद्देय नेतृत्वहरु किसुनजी, गिरिजाबाबु, सुशील कोइराला हुँदै बर्तमान सभापति देउवासम्मको नेतृत्व पाईराख्दा क्रमशः काङ्ग्रेसको पक्षमा जनमत खस्किदै गएको अवस्थामा गएको चुनाबमा झनै लज्जास्पद हार स्विकार्न बिवस छ काङ्ग्रेस। यति लज्जास्पद हार हुनुमा अन्या धेरै कारण नहोला भन्न पटक्कै सकिन्न तर मुख्या कारण नेतृत्वको नै कमजोरी हो भन्दा अत्युक्ति नहोला तर बर्तमान नेतृत्व यो कुरा स्विकार्न कत्ती पनि तयार भएको देखिदैन।

    आफुलाई लोकतन्त्र र प्रजातन्त्रको ठेकेदार सरह सम्झने नेपाली काङ्ग्रेसमा एउटै ब्यक्ति ३/४ पटकसम्म पार्टी सभापती र प्रधानमन्त्री भएको ईतिहास सजिलै भेट्न सकिन्छ। यसबाट के स्पस्ट हुन्छ भने आफुलाई लोकतन्त्र र प्रजातन्त्रको हिमायती ठान्ने काङ्ग्रेस पार्टिको नेतृत्व पनि सत्ता मोह र कुर्चिमोहबाट टाढा रहन नसकेको मज्जासङ अनुभव गर्न सकिन्छ। देशको होस या पार्टिको पद र शक्तिमा रहिरहने प्रवृत्तिदेखि काङ्ग्रेस नेतृत्व पनि अछुतो भएको देखिदैन।

    आशन्न महादिवेशनबाट बर्तमान सभापति देउवाको बिकल्प खोज्ने र नेतृत्व दोस्रो पुस्तामा स्थानान्तरण गर्ने हल्ला बेजोडका साथ सुन्न सकिन्छ। नेतृत्व दोस्रो पुस्तामा स्थानान्तरण गर्ने भनिरहदा दोस्रो पुस्ता चाहिँ कुन तप्काका नेता हुन त काङ्ग्रेसमा ? पौडेल, सिटौला, महत, कोइराला, केसि के देउवाकै हाराहारिका उमेरका यी नेताहरुको तप्कालाई दोस्रो पुस्ता मान्ने हो ? यो तप्काका नेताहरुलाई दोस्रो पुस्ता मान्ने हो भने काङ्ग्रेसमा पहिलो पुस्ता देउवा मात्र हुन त ?

    यदि यो तप्काका नेतालाई दोस्रो पुस्ता नै मानेर यी नेताहरु मध्ये जो कोहि एकजनामा काङ्ग्रेसको नेतृत्व गयो भने काङ्ग्रेसले आफुले गुमाएको जनमत फिर्ता गरि जिवनदान पाउला त ? अनि आज देउवाको बिकल्पको लागि आफुले आफैला दोस्रो पुस्ता घोषण गरि गुट उपगुट बनाइ खुलेआम लाग्नेहरुबाट भोलि नेतृत्व हात्याएपछी काङ्ग्रेसलाई एक ढिक्का बनाइ गुमेको जनमत फिर्ता लेराइ जिवनदान दिन सलामे पानी बन्न सफल हुन्छन भन्ने आधार के ? सबै आआफ्नो स्थानबाट पार्टी र सरकारमा टेस्टेड भइसक्नु भएका नेताहरुबाट काङ्ग्रेसले काचुली फेर्ला भन्ने अपेक्षा काङ्ग्रेसका शुभचिन्तकहरुले कम नै मात्र गर्न सकिन्छ।

    देउवा सहित उल्लेखित तप्कालाई पहिलो पुस्ता र बिश्वप्रकाश, गगन, धनराज, गुरुराज, चन्द्र भन्डारी, रामहरी खतिवडा लगायतको पुस्तालाई दोस्रो पुस्ता मान्नी हो भने पहिलो पुस्ताका ती तप्काले दोस्रो पुस्ताका यी मध्ये कुनै एकजनामा नेतृत्व समाल्ने सु-अवसर दिई आफुलाई लोकतन्त्र र प्रजातन्त्र को हिमायती हु भनी चिनाउलान त ?

    त्यस्तै आशन्न महादिवेशन प्रतिनिधिले यी मध्ये कोहि एक जनालाइ पत्याउलान त ? मान्नुहोस पहिलो पुस्ता दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न राजी भयो र प्रतिनिधिहरुले नि पत्याए तर देशको दोस्रो ठूलो पार्टी, देशलाइ हाक्नु पर्ने पार्टिको नेतृत्व विश्व राजनितिमा चिरपरिचित हुनु जरुर छ कि नै ?

    ईतिहास हेरिनु जरुरी हुन्छ, ईतिहास कहिल्यै मेटिन्न र सत्य प्रमाण नै ईतिहास हो त्यसैले पहिलो संविधानसभा किन आफ्नो काम नै नगरी असफल भयो ? तत्कालिन माओवादी सबै भन्दा ठूलो दल थियो नेपाल र नेपाली जनतले मज्जाले पत्याएकै थिए तर पनि गणतन्त्र प्राप्तिको लागि भएको ०६२/६३ को जनआन्दोलन दबाउन राजासंग घाँटी जोडेर मुख्या भुमिका निभाउने कमल थापालाई बिश्वराजनितिले जति चिन्थ्यो त्यति तत्कालिन माओवादीका अध्यक्ष छबिलाल दाहाल प्रचन्डलाइ चिन्दैनथ्यो।

    बिश्वराजनितिमा तत्कालिन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री छबिलाल परिचित नहुनु र बिश्वासमा नलिनु नै पहिलो सम्बिधान सभा बिना काम अवसान हुनुको जड कारण हो। त्यसै वर्तमान नेकपामा क. छबिलाल ज्युको भन्दा क. खड्ग ओलि ज्युको हालीमुहाली चल्नु पनि छबिलाल करेडलाइ अझै विश्व राजनिती जगतले बिश्वास नगर्नु र परिचित नहुनु नै हो भनेर भन्न सकिन्छ। त्यसैले देशको बागडोर समाल्ने दलको नेतृत्व समालिरहरदा बिश्वराजनिती जगतमा परिचित हुनु अपरिहार्य हुन्छ।

    युवामाझ अति नै लोकप्रिय, स्पष्टवक्ता, बुद्दिजिवी युवा नेता हाल नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य गगन थापा हिजो स्वास्थ्यमन्त्री हुदा जति चर्चा कमाए पार्टी सभापतिको लागि त्यो प्रयाप्त छ ? यदि थापालाई बअ:क पार्टिको सभापतिको रुपमा देख्न चाहाने हामिले गत महादिवेशनमा महामन्त्री पदमा थापा उठिरहदा बहुमतले नजिताएर कइन लोप्पा खुवाएका हौ।

    देउवा नेतृत्व सरकारमा स्वास्थमन्त्री नभएर उपप्रधान तथा गृहमन्त्री किन दिन सकेनौ ? यदि उपप्रधान तथा गृहमन्त्री दिइयो र महामन्त्री पदमा निर्वाचित भएको भए थापा पार्टिको नेतृत्वमा आउला भन्ने डर त होइन ? थापा उपप्रधान तथा गृहमन्त्री र पार्टीको महामन्त्री जस्तो पदमा बसेर काम गर्न पाएको भए आशन्न महाधिवेसनमा देउवाको उपयुक्त बिकल्प थापा भन्दा कसैले औला उठाउने ठाउँ रहदैनथ्यो।

    अति नै सालिन, भद्र, बौद्धिक, युवा, स्पस्टवक्ता, युवा नेता, पार्टिको प्रवक्ता तथा केन्द्रिय सदस्य बिश्वप्रकास शर्मालाइ आफू विरुद्द युवा मोर्चा तयार हुने डरले प्रवक्ताको जिम्मेवारी दिएर देउवाले विश्व प्रकाशको मुखमा तत्काल केही ढकनी लगाए पनि पार्टिको प्रवक्ताको अवसरबाट पार्टिमा माथिदेखी तलसम्म हिमचिम र बिश्वराजनितिमा परिचित हुनमा धेरै नै सहयोग भएकोले देउवालाइ आशन्न महादिवेसनमा साहस निकाले बहने बिश्वप्रकास फलामको चिउरा चपाए सरह पर्ने निश्चित देखिन्छ।

    त्यसैले आसन्न महादिबेशनमा बर्तमान सभापती देउवाको बिकल्प खोज्ने भनेर झ्याली पिटिरहेपनी देउवाको उपयुक्त बिकल्प को भन्ने बिषयमा नै नेपाली काङ्ग्रेसको देउवाको बिकल्प खोज्ने तप्का आफै कुहिरो भित्र हराएको काग बनिरहेको अवस्था छ भनिरहदा त्यति अबान्छनिया नहोला।

    अन्त्यमा आशन्न महाधिवेशनबाट नेपाली काङ्ग्रेसले सफल र उपयुक्त नेतृत्व पाउन सफल होस, गुमेको जनमत फिर्ता गरोस सदिच्छा सहित आशन्न महादिबेशनले सफल र उपयुक्त नेतृत्व दिन कोसेढुङ्गा साबित होस। शुभकामना।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal