News Portal

युएई अलएनमा नयाँ वर्ष-२०७७ धमाका अप्रिल १० मा हुने

हिमाली संचार संवाददाता
४४८ पटक

युएई – नेपालीका लागि नेपाली भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै आएको गैर आवासीय नेपाली संघको युएई अन्तरगत सक्रिय क्षेत्रीय समिति अलएनले नेपाली नयाँ वर्षमा सांगीतिक धमाका मच्चाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष उज्ज्वल दाहालले जानकारी दिनुभएको छ ।
नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी नयाँ वर्ष सांस्कृतिक धमाका-२०७७ को आयोजना आउदो १०-अप्रिल, शुक्रबार अलऐनको फाइभ स्टार पार्टी प्यालेसमा आयोजना हुने निस्चय भएको अध्यक्ष दाहालले बताउनुभएको छ ।

कार्यक्रमको मुख्य आकर्षक कलाकारहरूमा
राजेश पायल राई रहनुहुनेछ भने द नेपाली भ्वाइस-२ का लोकप्रिय गायकगायिकाहरु बलबहादुर राजवंशी, मेचु धिमाल पनि अलएनको कार्यक्रममा उपस्थित भएर मञ्च जमाउने भएका छन् । यसैगरी एलिसा श्रेष्ठ र रूबिसा श्रेष्ठ पनि नेपालबाट आफ्नो कला प्रस्तुत गर्न युएई आउने पक्का भएको जानकारी कार्यक्रम संयोजक रन्जन भुजेलले बताउनुभएको छ ।
साथमा रोजगारीको क्रममै युएईमा कार्यरत नेपाली कलाकारहरू पारस लामा, दिब्या सुब्बा,प्रसान्त ताजपुरिया, जनक रूचाल, शान्ति तामाङ, एलिसा तामाङ सहित एक नेपाली सांगीतिक ब्यान्ड “ओतप्रोत,ले पनि आफ्नो प्रस्तुति रहने आयोजक संस्था एनआरएनए अलएनका सचिव दिपक खडकले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...