आज : २०२६-०६-१५, सोमबार

कतारमा कोरोना भाइरस भेटिएपछि नेपालीलाई सचेत रहन दूतावासको अपिल

दोहा : चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण कतारमा पनि भेटिएको छ। त्यहाँको सरकारी समाचार एजेन्सीका अनुसार इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो।

कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ। खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ।

चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ। कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ।

खाडी मुलुक तथा, दक्षिण कोरियामा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरु समेत त्रासमा छन्।

हालसम्म भने कुनै नेपाली संक्रमित नभएको बताइएको छ। दोहास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सचेत रहन अनुरोध गरेको छ।