News Portal

एनआरएनए अस्ट्रियामा चुलिदो बिवाद

दिपेन्द्र गजुरेल
५०९ पटक

स्पेन २९, २०२० फेब्रुअरी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अस्ट्रियामा अन्तर्राष्ट्रिय समन्वय परिषदका युरोप संयोजक नारायण प्रसाद आचार्यले राजनीतिक पुर्वाग्रही भएर कुनैपनि गतिविधि नगर्न भन्दै ठाडो हस्तक्षेप गरेका छन।

२०१९–२१ कार्यकालका लागि नेपाली कांग्रेस समर्थकहरु र समावेशी समुहविच कडा प्रतिस्पर्धा पछि समावेशी समुहका अध्यक्ष विनोद चौलागाई विजयी भएका थिए।

कांग्रेस तर्फबाट महासचिव भवानी तिवारी बाहेक अन्य आफ्नो समूहबाट पराजित भएका कारणले अध्यक्ष स्विकार्न नसकेपछि नै विवाद बढेको हो।

अस्ट्रिया एनआरएनए विवाद चुलिँदै गएपछि दुई पुर्व अध्यक्षद्धय जीवनजङ्ग कुँवर र धर्मराज खतिवडाको रोहवरमा विधान विपरित मेलमिलाप समिति बनाएर युरोप संयोजक नारायण प्रसाद आचार्यले सहमति गराउने प्रयास गरेको भनिएता पनि एनसीसी महासचिवको अडानलाइ तिलाञ्जली दिन नहुने कुँवरले लबिङ् गरिरहेको संकेत पाएका खतिवडाले मेलमिलाप समितिबाट रूष्ट हुँदै सामाजिक संञ्जाल फेसबुकबाट राजिनामा घोषणा गरी बाहिरिएका छन।

युरोप संयोजक आचार्यले वर्तमान एनआरएनए अस्ट्रियाको जनमत पाएर अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य आइसिसी बनेका राज कुमार सिग्देल उपाध्यायलाई संस्थाको हितका लागि अध्यक्ष चौलागाईको पक्षमा वकालत गरेको लबिङ् महासचिव तिवारीबाट थाहा पाएपछि आइसिसीलाई बाइपास गर्दै आइसिसीमा पराजित कुँवरलाई मेलमिलाप समितिमा ल्याएर आचार्यले गम्भीर गल्ती गरेका अस्ट्रियाबासी नेपालीहरू बताउँछन।

अध्यक्ष विनोद चौलागाईंलाई अध्यक्ष स्विकार्न नसकेपछि महासचिव तिवारीले राजनीतिक लबिङ् गर्दै संस्थालाई धरासायी बनाउन लागेपछि विवाद चुलिँदै गएको अस्ट्रियाबासीहरूको बुझाइ रहेको छ।

एनआरएनएका केन्द्रीय महासचिवको प्रत्यक्ष सहयोग पाएका आचार्यले सामाजिक संस्थाको मुल्य मान्यता विपरीत एक महिना कुनैपनि गतिविधि नगर्न ठाडो हस्तक्षेप गरेर इमेल पठाएको श्रोतले बताएको छ।

एनआरएनए युरोप संयोजकसंग यस सम्बन्धमा बुझ्दा अस्ट्रियाका साथिहरुको विवाद केन्द्रसम्म आएकोले विवाद समाधानका लागि केन्द्रीय प्रतिनिधि युरोप उपसंयोजक कृष्ण तिमिल्सिनालाई खटाइएको बताए।

एनआरएन अस्ट्रियामा तपाईंको हस्तक्षेप भो नि भन्ने प्रश्नमा आचार्यले भने, हस्तक्षेप केहि होईन् राजनीति आस्था नहुने मान्छे हुँदैन केन्द्रीय अध्यक्ष कुमार पन्त पनि बामपन्थी तर्फबाट आएर नेतृत्व गर्दै हुनुहुन्छ त्यसैले संस्थाको हित विपरीत काम हुदैन।

युरोप भित्र नै उपसंयोजक हुँदाहुँदै तिमिल्सिना नै किन भन्ने प्रश्नमा केन्द्रले उहाँलाई विस्वास गरेका कारणा खटाइएको उनले बताए।

अस्ट्रियाबाट नजिकै रहेका युरोप उपसंयोजक मुक्त बहादुर गुरुङलाई बाइपास गर्नुको मुख्य कारण बामपन्थी विचार राख्ने भएकाले त्यहाँ विवाद समाधान नहुने संकेत केन्द्रीय महासचिवले पाएपछि एनसीसी महासचिव तिवारीको साथि समेत रहेका तिमिल्सिनालाई जिम्मेवारी दिएको अस्ट्रिया एनआरएनए विवादलाई नजिकबाट नियाल्दै आएका एक सदस्यले बताए।

यसै सम्बन्धमा एनआरएनए अस्ट्रिया आइसिसी सदस्य राज कुमार सिग्देल उपाध्याय भन्छन्, राजनितिक प्रतिशोधका कारण सामाजिक संस्थालाई आफ्नो मागी खाने भाडो बनाउन लागि परेका तत्वहरुले विवाद निकालेर बखेडा झिकेर अनावश्यक राजनीतिक पुर्वाग्रही भएर गरिएको खेल हो।

सदस्य उपाध्याय थप्छन्, जनमत प्राप्त अध्यक्ष तथा बहुमत सदस्य संख्याको कार्यसमितिहरूले मनोनित गरेको निर्णय मान्दिन भन्नु महासचिवको गल्ती हो।

उनले समाजमा भएका सबैलाई संस्थामा आवद्ध बनाएर हात्तेमालो गर्दै अघि बढ्न लागेका अध्यक्षलाई अपठ्यारोमा पारेर, आफू निर्वाचित आइसिसी सदस्यलाई समेत संस्थाको हितमा बोल्दा धम्कीपुर्ण भाषामा बर्खास्त गर्ने र केन्द्रीय एनआरएनएको ईमेल ग्रुपबाट निकाल्ने केन्द्रीय महासचिवको अभिब्यक्तिबाट अस्ट्रियाको समस्यामा पुर्वाग्रही भएको मैले अनुमान गरेको छु भन्दै गुनासो पोखेका छन्।

यस सम्बन्धमा एनआरएनए अस्ट्रिया अध्यक्ष विनोद चौलागाईले भने विधि विधान बमोजिम कार्यसम्पादन तथा गतिबिधि गर्दै आएको अवस्थामा अपशब्द तथा मनोमानी ढंगले संस्थालाई बन्धक बनाउन षड्यन्त्र भैइरहेको अवस्थामा कसैको मुख नहेरी कुनै राजनीतिक संस्थाको सहयोगमा नभई संस्था हितमा काम गरिरहेको अवस्थामा महासचिव भवानी तिवारीले अध्यक्षलाई नै लेटरहेडमा बर्खास्त गरेपछि लेटरहेड दुरूपयोग गर्दै संस्थाको अहित हुने काम गरेकाले बहुमत सदस्य संख्याबाट निलम्बन गरेर हिड्नुको अर्को विकल्प नरहेको बताएका छन्।

अध्यक्ष चौलागाई भन्छन् सामाजिक संस्था सामाजिक हिसाबले काम कार्वाही गर्ने हो पुर्वाग्रही भएर कोहि आउछन् भने संस्थाको विधान अनुसार सजायको भागीदार म पनि हुन्छु र अरूपनि हुनुपर्ने उहाँको भनाई रहेको छ।

विवाद केन्द्रीय अध्यक्षलाई समेत जानकारी रहेको अवस्थामा राजनीतिक आस्था मिलेकै आधारमा अस्ट्रिया एनसीसी महासचिवलाई बोकेर केन्द्रीय महासचिवले युरोप संयोजकलाई कुनैपनि अवस्थामा विवाद समाधानको निम्ति भन्दा पुर्वाग्रही ढंगले आइसिसीलाई बाइपास गर्दै युरोप संयोजकसंग समन्वय गरेर अघि बढ्न दवाव सहित ईमेल मार्फत जानकारी गराएको उनिहरु निकट श्रोतले बतायो।

कांग्रेस निकट जनसम्पर्क समितिबाट विजयी केन्द्रीय महासचिव, युरोप संयोजक तथा उपसंयोजक बिच तालमेल मिलाएर अध्यक्षलाई अप्ठ्यारोमा पार्ने रणनीति अनुरूप तिमिल्सिनालाई समस्या समाधानका निम्ति खटाइएको बुझिन्छ।

एनआरएनए अस्ट्रियाका महासचिव तिवारीको गलत नियतका कारण विवाद झनझन बढ्दै बन्धक हुन गएको सरोकारवालाहरूको बुझाई रहेको छ। अष्ट्रिया अध्यक्षले नियमित बैठक मार्च १ मा गर्ने बताएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...