News Portal

आँधीहुरीमा साऊदीअरबमा २ जना नेपालीको ज्यान गयो ३ जना घाइते

हिमाली संचार संवाददाता
६४६ पटक

साउदी अरेबियामा– सडक दुर्घटनामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँधीहुरी चलेको थियो सोही आँधीहुरीका कारण चौलागाईले चलाएको गाडी दुर्घटनामा परेको कम्पनीले जनाएको छ ।

मृतक अर्का ब्यक्ति र घाइतेको परिचय खुलाइएको छैन । शुरुमा एउटा ट्रक पल्टिएको त्यसपछि चौलागाईले चलाएको गाडी र अन्य १० वटा गाडी पछाडी थिए । दुर्घटनामा जम्मा १२ वडा सवारीसाधनमा क्षति पुगेको साउदी प्रहरीले जनाएको छ ।
२७ बर्षीय उनि सन् २०१६ बाट डेन्या फुड एण्ड ड्रिङस कम्पनीमा भ्यान सेल्समेनको रुपमा एरिया केएसएमा काम गदै आएका थिए । उनि कामकै शिलशिलामा दुर्घटनामा परेका हुन् । उनको शव नेपाल पठाउन कम्पनीको तर्फबाट सक्दो सहयोग गर्ने बताइएको छ । शव कहिले नेपाल आउँछ भन्ने जानकारी छैन ।

यता परिवारले पनि कृष्णको मृत्यु भएको पुष्टी गरेको छ । जती सक्दो छिटो उनको शव नेपाल पठाई दिन साउदीस्थित नेपाली दुताबासलाई आग्रह गरिएको मृ,तकका दाजु सरोज चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...