News Portal

  • जिबिएच टुरिजम एलएलसीको २८ फेब्रुअरी शुक्रबार समुदघाटन हुने

    हिमाली संचार संवाददाता
    ३६४ पटक

    बरदुबई– बर दुबईको केन्द्र भागमै नयाँ नेपाली ट्राभल खुल्ने भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै खुल्न लागेको नेपाली व्यावसायीको ट्राभलको नाम हो- जिबिएच टुरिजम एलएलसी । यही २८ फेब्रुअरी शुक्रबार दिउँसो २ बजे समुदघाटन हुन लागेको ट्राभलका संचालक हुनुहुन्छ- पोखराका ज्ञानेन्द्रबहादुर कार्की ।
    युएईको नेपाली समुदायमा लामो समय समर्पित गरेका ज्ञानेन्द्र बहादुर कार्की आफैमा यस्तो भिजनरी व्याक्तित्वको नाम हो, जो युएईको पहिलो सामाजिक संस्था नेपाली समाज युएईको पुर्व अध्यक्ष भएर युएईको नेपाली समुदायमा आफ्नो फरक पहिचान बनाइसक्नुभएको छ । रोजगारीपछि आफ्नो व्यावसाय संचालन गरेर अरुलाई रोजगारी प्रदान समेत गरिरहनु भएका कार्कीले जिबि होलिडेज ट्राभल एन्ड टुरिजम संचालनको अनुभव लिइसक्नु भएको छ ।

    *भेटघाटको केन्द्रमै जिबिएच टुरिजम*

    युएईका नेपालीहरुको भेटघाटको यस्तो केन्द्र नै बर दुबई हो, जहाँ पुग्दा नेपालीहरु नेपाल पुगेको अनुभुति गर्छन् । वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका नेपालीहरु बर दुबई नपुगेको विरलै होला । बर दुबई मिनी नेपाल हो । यहाँ नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । बर दुबईमा नेपालीहरुबाट संचालित धेरै व्यावसायिक संस्थाहरु छन् । रेस्टुरेन्टहरु छन्, जहाँ मौलिक नेपाली खाना पाइन्छन् । चकलेटका दोकान पनि नेपालीहरुले खोलेका छन् । नेपाली टोपीदेखि खुकुरी, सुनदेखि नुन पनि नेपालीले बेचिरहेका छछन् ।
    नेपाल जानका लागि आवश्यक हवाई टिकट चाहियो वा आफन्तलाई युएई घुमाउन भिसा चाहियो- बर दुबईमा प्रशस्तै नेपालीहरुद्वारा संचालित ट्राभलहरु पनि छन् ।
    नमस्ते ट्राभल, फिस्टेल ट्राभल, शुभयात्रा ट्राभल, सन एन्ड मुन ट्राभल, पिपल ट्राभल, सिटी लाइफ ट्राभल देखि २१ फेब्रुअरीबाट सेवा सुचारु गरेको क्विक एडभेन्चर ट्राभल पनि बर दुबईमै पाइन्छन् ।

    युएईका नेपाली लगायत अन्य समुदायलाई पनि बेलाबेलामा नेपाल टुरको प्याकेज चलाइरहनुभएका कार्कीले आफ्नो व्यवसायलाई विस्तार गर्दै जिबिएच टुरिजम एलएलसी संचालन गर्न लागेको जानकारी दिनुभएको छ ।

    *नेपाली व्यावसायीको रोजाइमा ट्राभल व्यावसाय*

    युएईको नेपाली व्यावसायिक क्षेत्रमा नयाँनयाँ व्यावसायिक व्याक्तित्वहरु व्यापार गर्न दिनानुदिन थपिदै छन् । रोजगारीको लागि जतिजति नेपालीहरु युएईमा बढिरहेका छन्, उतिउति व्यावसाय गर्ने नेपालीहरु पनि थपिइरहेका छन् । रेस्टुरेन्ट क्षेत्रमा धेरै नेपाली व्यावसायीहरुको लगानी देखिन्छ भने रेस्टुरेन्टपछि लगानीको क्षेत्रमा धेरै नेपाली व्यावसायीहरु ट्राभल र टुरिजमतर्फ आकर्षित भएका छन् ।
    यसै सिलसिलामा युएईका नेपालीहरुलाई उच्च प्राथमिकता राखेर युएईका सबैलाई छिटोछरितो र प्रभावकारी सेवा दिने उदेश्य बोकेर जिबिएच टुरिजम एलएलसी यही २८ फेब्रुअरीमा उदघाटन हुने भएको हो ।

    *भिजिट नेपाल २०२० लाई सहयोग गर्ने लक्ष्य*

    नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर मनाइरहेको भिजिट नेपाल २०२० लाई सहयोग गर्न यस ट्राभलले सहयोग गर्ने संचालक कार्कीले बताउनुभएको छ । यो ट्राभलले युएईभन्दा बाहिर पनि पर्यटकहरुलाई ट्राभल गराउने अनुमति आउट बाउन्ड पर्मिट लिएका कारण युएईबाट वैधानिक रुपमा नेपाल टुर गराउने थोर ट्राभलहरुमा एक बन्न जिबिएच टुरिजम एलएलसी सक्षम भएको संचालक कार्कीले जानकारी दिनुभएको छ ।
    जिबि होलिडेज मार्फत संचालक कार्कीले नेपाल लगायत भिभिन्न देशका पर्यटकहरुलाई बाक्लै रुपमा दुबाईको टुर गराई सक्नु भएको छ भने कार्कीसँग युएईबाट अन्य समुदायलाई पनि बेलाबेलामा नेपाल टुरको प्याकेजमा पठाएको अनुभव छ । कार्कीले विगतको अनुभवलाई सिर्जनात्मक तरिकाले आफ्नो व्यवसायलाई विस्तार गर्दै जिबिएच टुरिजम एलएलसी संचालन गर्न लागेको जानकारी दिनुभएको छ ।

    अन्य ट्राभलहरु भन्दा सस्तो, सर्वसुलभ, अनि प्रभावकारी सर्भिस दिने योजनाका साथमा स्थापना हुन लागेको
    यस ट्राभलले हवाई टिकट, भिजिट भिसा, भिसा परिवर्तन, भिसा रिन्यु, होटेल बुकिङ, डेजर्ट सफारी, धौ क्रुज सफारी, नेपाल टुर प्याकेज लगायत सबै सुबिधा प्रदान गर्ने संचालक कार्कीले बताउनुभएको छ ।
    संचालक कार्कीका अनुसार युएईबाट युरोपका विभिन्न देशहरु साथै सिंगापुर, मलेसिया, जर्जिया थाइल्यान्ड, बाली, लगायत विस्वका चर्चित टुरिष्ट गन्तव्य घुमफिर गर्नेहरुका लागि टुर प्याकेज, हवाई टिकट लगायतका सबै व्यवस्थापन यो ट्राभलले गर्नेछ ।
    ट्राभलको उदघाटन कार्यक्रममा युएईका विशिस्ट व्याक्तित्व साथै नेपाली समुदायका प्रतिनिधिहरु, पत्रकारहरु र सर्वसाधारण नेपालीहरुको उपस्थिति हुनेछ । संचालक कार्कीले यो उदघाटन कार्यक्रममा उपस्थिति भइदिन इच्छुक सबैलाई अनुरोध गर्नुभएको छ ।

    *ओपनिङ अफर*

    सेवा शुभारम्भको अवसर पारेर आफ्ना सेवाहरुमा भारी डिस्काउन्ट सहितका विभिन्न अफरहरुको व्यवस्थापन गरिएको संचालक कार्कीले बताउनुभयो । टिकट खरिद, भिसा सेवा र विभिन्न टुर प्याकेजहरुमा उल्लेख अफरहरु रहेको र यो अफर निश्चित महिनासम्म रहने संचालकले जानकारी दिनुभएको छ । ओपनिङको अवसरमा ३ महिने भिजिज भिसा, बुर्ज खलिफा भ्रमण, धौ क्रुज, डेजर्ट सफारीमा भारी छुट दिइएको संचालक कार्कीले बताउनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...