News Portal

  • इनास रमाईलो सॉझ-२०७६ युएईको अलऐनमा सम्पन्न

    हिमाली संचार संवाददाता
    ३८८ पटक

    राम प्रसाद ढुंगेल- अन्तराष्ट्रीय नेपाली कलाकार समाज ( इनास) यूएई, अलऐन क्षेत्रीय समितिको आयोजनामा गुरूंग/तामॉग/शेर्पा समुदायको ( तमु ल्होसार/सोनाम ल्होसार/ग्याल्बो ल्होसार) संयुक्त रूपमा मनाउंदै सम्पुर्ण नेपालीहरूको मौलिक भेषभुषा, भाषा, संस्कृति/ परम्परा/ रितिरिवाजलाई जगेर्णा गर्दै नेपाली राष्ट्रीयतालाई बलियो बनाउने हेतुले आयोजित “इनास रमाईलो ल्होसार सॉझ २०७६” भब्यताका साथ सम्पन्न भएको छ ।

    युएईको हरित शहर अलऐनको फुडवर्ल्ड रेष्टुरेण्टमा २१ फेब्रुवरीका दिन आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष रेबिका थापाको सभापतित्वमा पत्रकार महासंघ, युएई अध्यक्ष लक्ष्मण खनालको प्रमुख आतिथ्य र बिशेष अतिथि इनास के. अध्यक्ष राम तामांग,बिशेष अतिथि युएई युनिभर्सिटीका प्रोफेसर डा. शशीधर बेल्बासे, बिशेष अतिथि ओतप्रोत ब्याण्ड म्यानेजर केशब नेपाल, इनास सल्लाहकार रमेश क्षितिज, र अतिथिको रूपमा बिभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधि , प्रायोजक ब्यापारिक संस्थाका प्रतिनिधि, पत्रकार,बुद्धिजिवी एवम् समाजसेवी र अलऐनबासी नेपालीको बाक्लो उपस्थितमा हालै मात्र इनास युएईको ओतप्रोत ब्याण्डको ग्य्राण्ड फिनालेका बिजेता समीर गजमेर फष्ट रनर अप रबिन भुषाल र फाईनलिष्ट पॉच कलाकार सहित बाल कलाकार सम्पुर्ण/सौभाग्यको चौबन्दीमा बोलको स्वागत नृत्यबाट शुरू भएको सॉगितिक कार्यक्रममा स्थानीय चर्चित कलाकारहरूले राष्ट्रीय गीत, लोकगीत, पप , सेलोगीतमा गायन तथा नृत्यमा बेजोड प्रस्तुति दिंदै खचाखच भरिएको हलका दर्शकदिर्घालाई नचाउंदै मनोरन्जन प्रदान गरेका थिए । कलाकारको प्रस्तुति सकिए लगत्तै आमन्त्रित अतिथिहरूद्वारा सम्मान-पत्र र खादाले कालाकारहरूलाई सम्मानित गरिएको थियो सोही कार्यक्रममा गत महिना युएईब्यापी फुटबल बिजेता इनास के. सदस्य एवम् इनास एफसीका म्यानेजर दुर्गा ब. सुनुवार साथै सम्पुर्ण टीमका खेलाडीहरूलाई सम्मान-पत्रका साथ खेलाडीहरूलाई प्रोत्साहन समेत गरिएको साथै थियो त्यसैगरी
    आबुधावी इनासको संयोजनमा मनिषा गुरूंग बचाउ अभियानमा उठेको सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो ।

    राष्ट्रीय गान पश्चात प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलनका साथ उद्घाटित औपचारिक कार्यक्रममा इनास संरक्षक कुमारी तामॉगले स्वागत मन्तब्य राखेकी थिइन् भने पहिलो चरणको कार्यक्रम संचालन सचिव रामु बुढा र दोश्रो चरणको सॉगितिक कार्यक्रम संचालन ममता बस्याल /रमेश क्षितिजले र प्राविधिक सयोजन सन्दीप (स्याण्डी ) लामाले गर्नु भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...

    युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली...