News Portal

नेपाली सेनालाई प्रश्नैप्रश्न ?

राकेश कुमार शर्मा
८३७ पटक

मकवानपुर : मेरो पहिलो प्रश्न तपाईंहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गर्ने, अपराध गर्ने राज्यकोष ढुकुटीबाट, भ्रष्टाचार गर्ने, लुटेरा, हत्यारा, बलात्कारी, बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्ने प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूलाई सहयोग गरी राख्नु भएको छ किन?

मुलुकमा सहि काम गर्नका लागि नेपाली नागरिकहरुले नेताहरूलाई विजयी गराएर पठाएका हुन।निर्वाचनमा नेपाली नागरिकहरूले विजयी गराएर पठाएको छन भन्दैमा अपराध गर्ने छुट कसैलाई पनि छैन?

सेनाहरुलाई मेरो दोस्रो प्रश्न सेनाहरु मुलुक चलाउन आफै अगाडि बढन सकिरहेको छ किन? सेनाहरुलाई मेरो तेस्रो प्रश्न सेनाहरु मुलुक चलाउन सक्षम नभएको हो?सेनाहरुलाई मेरो चौथो प्रश्न सेनाहरुले पुर्व राजा ज्ञानेन्द्रलाई पनि सहयोग गर्न सकिरहेको छ किन?

सेनाहरुलाई मेरो पाँचौ प्रश्न सेनाहरुले राजा ज्ञानेन्द्रलाई सहयोग नगरे पनि राजाको नाती हृदयेन्द्र वीर विक्रम शाहदेवलाई सहयोग गर्न त सक्छ?अब मेरो छैटौं प्रश्न विशेष गरेर प्रधानसेनापति पुर्ण चन्द्र थापा लाई छ।प्रधानसेनापति ज्यु तपाईंले आफ्नो सैनिक मुख्यालय , पृतनाहरु, गणहरु र गुल्महरु भित्र रहेका अपराध गर्ने भ्रष्टहरु र बलात्कार गर्नेहरुलाई एकदम सक्रियताका साथ कार्वाही गरी रहनु भएको कुरा व्यापक रूपमा सुन्न आईरहेको छ।

प्रधानसेनापति ज्यु मुलुकको प्रधानमन्त्री,मन्त्री, सांसदहरू र नेताहरूले राज्यकोष ढुकुटी बाट जति रकम पनि भ्रष्टाचार गर्न हुने?बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्न पनि हुने?जस्तोसुकै अपराध गर्न पनि हुने?प्रधानसेनापति ज्यु तपाईंले भ्रष्टाचार आदि आदि जस्ता अपराध गर्ने सेनाहरुलाई मात्र कार्वाही गरेर के गर्नुहुन्छ ?
प्रधानसेनापति ज्यु हेरी राख्नुहोस आरोप लागेका सांसदहरू र मन्त्रीहरु अदालतबाट चोखिएर आउँछन।

अदालतले मन्त्रीहरु जस्ता अपराधीहरूलाई चोख्याउने मात्र काम गर्छ। प्रधानसेनापति ज्यु तपाईंलाई मेरो सातौ प्रश्न कार्वाही नै गर्न सक्नुहुन्छ भने सर्वप्रथम भ्रष्ट, लुटेरा, बलात्कारी, हत्यारा र बालुवाटारको जग्गा बेचबिखन गर्नेहरु प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूलाई कार्वाही गरेर देखाउनुहोस।

प्रधानसेनापति ज्यु आँट र हिम्मत भए अत: अहिले को गैरकानुनी प्रणालीलाई नै फेरबदल गरेर देखाउनुहोस भन्न चाहान्छु।आँट र हिम्मत छैन भने सेनाहरुलाई मात्र कार्वाही गर्न तर्फ नलाग्न विनम्र अनुरोध छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...