News Portal

नेपाली सेनालाई प्रश्नैप्रश्न ?

राकेश कुमार शर्मा
७८३ पटक

मकवानपुर : मेरो पहिलो प्रश्न तपाईंहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गर्ने, अपराध गर्ने राज्यकोष ढुकुटीबाट, भ्रष्टाचार गर्ने, लुटेरा, हत्यारा, बलात्कारी, बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्ने प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूलाई सहयोग गरी राख्नु भएको छ किन?

मुलुकमा सहि काम गर्नका लागि नेपाली नागरिकहरुले नेताहरूलाई विजयी गराएर पठाएका हुन।निर्वाचनमा नेपाली नागरिकहरूले विजयी गराएर पठाएको छन भन्दैमा अपराध गर्ने छुट कसैलाई पनि छैन?

सेनाहरुलाई मेरो दोस्रो प्रश्न सेनाहरु मुलुक चलाउन आफै अगाडि बढन सकिरहेको छ किन? सेनाहरुलाई मेरो तेस्रो प्रश्न सेनाहरु मुलुक चलाउन सक्षम नभएको हो?सेनाहरुलाई मेरो चौथो प्रश्न सेनाहरुले पुर्व राजा ज्ञानेन्द्रलाई पनि सहयोग गर्न सकिरहेको छ किन?

सेनाहरुलाई मेरो पाँचौ प्रश्न सेनाहरुले राजा ज्ञानेन्द्रलाई सहयोग नगरे पनि राजाको नाती हृदयेन्द्र वीर विक्रम शाहदेवलाई सहयोग गर्न त सक्छ?अब मेरो छैटौं प्रश्न विशेष गरेर प्रधानसेनापति पुर्ण चन्द्र थापा लाई छ।प्रधानसेनापति ज्यु तपाईंले आफ्नो सैनिक मुख्यालय , पृतनाहरु, गणहरु र गुल्महरु भित्र रहेका अपराध गर्ने भ्रष्टहरु र बलात्कार गर्नेहरुलाई एकदम सक्रियताका साथ कार्वाही गरी रहनु भएको कुरा व्यापक रूपमा सुन्न आईरहेको छ।

प्रधानसेनापति ज्यु मुलुकको प्रधानमन्त्री,मन्त्री, सांसदहरू र नेताहरूले राज्यकोष ढुकुटी बाट जति रकम पनि भ्रष्टाचार गर्न हुने?बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्न पनि हुने?जस्तोसुकै अपराध गर्न पनि हुने?प्रधानसेनापति ज्यु तपाईंले भ्रष्टाचार आदि आदि जस्ता अपराध गर्ने सेनाहरुलाई मात्र कार्वाही गरेर के गर्नुहुन्छ ?
प्रधानसेनापति ज्यु हेरी राख्नुहोस आरोप लागेका सांसदहरू र मन्त्रीहरु अदालतबाट चोखिएर आउँछन।

अदालतले मन्त्रीहरु जस्ता अपराधीहरूलाई चोख्याउने मात्र काम गर्छ। प्रधानसेनापति ज्यु तपाईंलाई मेरो सातौ प्रश्न कार्वाही नै गर्न सक्नुहुन्छ भने सर्वप्रथम भ्रष्ट, लुटेरा, बलात्कारी, हत्यारा र बालुवाटारको जग्गा बेचबिखन गर्नेहरु प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूलाई कार्वाही गरेर देखाउनुहोस।

प्रधानसेनापति ज्यु आँट र हिम्मत भए अत: अहिले को गैरकानुनी प्रणालीलाई नै फेरबदल गरेर देखाउनुहोस भन्न चाहान्छु।आँट र हिम्मत छैन भने सेनाहरुलाई मात्र कार्वाही गर्न तर्फ नलाग्न विनम्र अनुरोध छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...