News Portal

पत्रकार धिताललाई पोर्चुगलका एनआरएनए वरिष्ठ उपाध्यक्षले कुटे, महासंघ युरोपद्वारा पदमुक्त गर्न माग

हिमाली संचार संवाददाता
५३४ पटक

पोर्चुगल : गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले पोर्चुगलस्थित एक सक्रिय पत्रकारलाई कुटेर घाइते पारेका छन।

लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिङ गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर घाईते पारेका हुन।

थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन। उनलाई कुमको छेउमा चोट लागेर घाईते भएको अस्पत्तालको रिपोर्टमा छ।

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटकाबिरुद्व प्रहरी समक्ष उजुरी दिएका छन। नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सर्नासहित थापालाई पदमुक्त गर्न माग गरेको छ।

पत्रकार धिताल भोइस अफ नेपाल टिभी र प्रोतुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध छन। भोइस अफ नेपालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएको थियो।

आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कि दिँइरहेको उनले भनेका छन् ‘मैले कुटें भन्दै लेखिस भने मारेर फाल्दिन्छु र बरु गएर जेल बस्छु।

धिताललाई कुटेको समाचार अरु कसैले अन्यत्र कतै दिए तिनलाईसमेत नछोड्ने भन्दै उनले अन्य पत्रकारलाईसमेत धम्काएका छन। – नेपालप्लसबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...