News Portal

अनेसास कुवेत च्याप्टरले आउँदो शुक्रबार काव्य प्रवाह कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
६४२ पटक
१०, फेब्रुअरी २०२०

कुबेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले यहीँ १४ फेब्रुअरी शुक्रबारका दिन कुबेतमा पहिलोपटक काव्य प्रवाह शृङ्खला शुरुवात गर्ने भएको छ।

करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि भिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको छ।

१४ फेब्रुअरी शुक्रबारका दिन हुने “काव्य प्रवाह शृङ्खला भाग- १ कार्यक्रमा संपुर्ण गजलकार, साहित्यकार, रचानकार साथै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी पत्रकार, खेलाडी, समाजसेवी, बुद्दिजिबि लगायत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन सम्पुर्णमा आग्रह गरिएको छ।

कार्यक्रम:
मिति : १४ फेब्रुअरी २०२०, शुक्रबार
समय : दिनको ठिक २ बजे
स्थान : द नेपाल फुडल्यान्ड फेमिली रेष्टुरेन्ट, जिलिव।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...