News Portal

किरात राई यायोक्खाले तेस्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतमा गर्ने

हिमाली संचार संवाददाता
४५१ पटक

लण्डन। किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा, केन्द्रिय कार्यसमिति काठमाण्डौले आफ्ना तेश्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ। पश्चिम लण्डनको ह्यरोमा पत्रकार सम्मेलन गर्दै किरात राई यायोक्खा बेलायत शाखाले तेस्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतको साउथ ह्यरोको फूटबल क्लबको हलमा कार्यक्रम सम्पन्न गर्न लागेको पत्रकार सम्मेलन मार्फत किरात राई यायोक्खा, बेलायत शाखाले सार्वजनिक गरेको हो।

किरात राई यायोक्खाले पहिलो अन्तराष्ट्रिय सम्मेलन नेपालमा सम्पन्न गरेको थियो भने दोस्रो भारतमा र तेस्रो अन्तराष्ट्रिय सम्मेलन बोलायतमा आगामी में २४, २५ र २६ तारिख सम्पन्न गर्ने भएको हो। उक्त सम्मेलनमा सिक्किमका पूर्वमूख्यमन्त्री डा.पवन चाम्लिङ प्रमुख अतिथि रहने साथै किरात समुदायका अन्य चर्चित कलाकारहरुको समेत उल्लेख्य सहभागिता  रहने कार्यवाहक महासचिव नरेश काङबाङ राईले पत्रकार सम्मेलनमा जानकारी दिएको हो। 

उक्त सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न १७ देशहरुमा रहेको किरात राई यायोक्खाको शाखा प्रतिनिधि, पर्यवेक्षक सहित धेरै भन्दा धेरै प्रतिनिधिहरुको विशेष सहभागिता रहने साथै बेलायतस्थित नेपाली महाबाणिज्यदूताबासका राजदुत, स्थानीय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु, अन्य स्थानीय जनप्रतिनिधिहरु, ब्यापारी, समाजसेवी र पत्रकार सहित किरात समुदायका विशेष उपस्थिति रहने जानकारी गराईएको थियो ।

किरात समुदायमा बर्षको दुइ पटक उधौली र उभौली साकेला चाडको बिषयमा प्रकृतिसंगको अन्तरसम्बन्धको विषयमा आगामी २३ में २०२० तारिख उभौली साकेला चाडका संयोजक मेजर योगेश कोयी राईले ज्यादै सरल सहज रुपमा मानव सभ्यता, संस्कार संस्कृति,चराचुरुङगी,माछा सहितको विशेष उदाहरण दिएर साकेला शीलीको महत्व त्यति मात्र नभएर हाम्रो जीवन धान्ने अन्नबाली बीउ बीजन छर्दै धर ल्याई भकारी सम्म राख्ने मुन्धुमको विषयमा प्रकाश पार्नु भएको थियो।

विशेष शीलीनाच मार्फत सामुहिक रुपमा नाचिने गोलाकार नाचलाई नै मुन्धुमी भाषामा ‘शीली’ भन्ने गरेको उल्लेख गर्नु हुदै मे २३ तारिख किरात राई हाउस, ग्याम्बल लेन, रिपले वोर्किङ्ग GU23, 6HS मा ५०८० औ साकेला चाड मनाउने, मे २४ तारिख कार्यक्रम उदघाटन, मे २५ तारिख विशेष वन्दसत्र र २६ तारिख बेलायत घोषणा-पत्र जारी गर्ने कार्यक्रम रहेको जानकारी समेत दिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...