News Portal

किरात राई यायोक्खाले तेस्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतमा गर्ने

हिमाली संचार संवाददाता
५०० पटक

लण्डन। किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा, केन्द्रिय कार्यसमिति काठमाण्डौले आफ्ना तेश्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ। पश्चिम लण्डनको ह्यरोमा पत्रकार सम्मेलन गर्दै किरात राई यायोक्खा बेलायत शाखाले तेस्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतको साउथ ह्यरोको फूटबल क्लबको हलमा कार्यक्रम सम्पन्न गर्न लागेको पत्रकार सम्मेलन मार्फत किरात राई यायोक्खा, बेलायत शाखाले सार्वजनिक गरेको हो।

किरात राई यायोक्खाले पहिलो अन्तराष्ट्रिय सम्मेलन नेपालमा सम्पन्न गरेको थियो भने दोस्रो भारतमा र तेस्रो अन्तराष्ट्रिय सम्मेलन बोलायतमा आगामी में २४, २५ र २६ तारिख सम्पन्न गर्ने भएको हो। उक्त सम्मेलनमा सिक्किमका पूर्वमूख्यमन्त्री डा.पवन चाम्लिङ प्रमुख अतिथि रहने साथै किरात समुदायका अन्य चर्चित कलाकारहरुको समेत उल्लेख्य सहभागिता  रहने कार्यवाहक महासचिव नरेश काङबाङ राईले पत्रकार सम्मेलनमा जानकारी दिएको हो। 

उक्त सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न १७ देशहरुमा रहेको किरात राई यायोक्खाको शाखा प्रतिनिधि, पर्यवेक्षक सहित धेरै भन्दा धेरै प्रतिनिधिहरुको विशेष सहभागिता रहने साथै बेलायतस्थित नेपाली महाबाणिज्यदूताबासका राजदुत, स्थानीय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु, अन्य स्थानीय जनप्रतिनिधिहरु, ब्यापारी, समाजसेवी र पत्रकार सहित किरात समुदायका विशेष उपस्थिति रहने जानकारी गराईएको थियो ।

किरात समुदायमा बर्षको दुइ पटक उधौली र उभौली साकेला चाडको बिषयमा प्रकृतिसंगको अन्तरसम्बन्धको विषयमा आगामी २३ में २०२० तारिख उभौली साकेला चाडका संयोजक मेजर योगेश कोयी राईले ज्यादै सरल सहज रुपमा मानव सभ्यता, संस्कार संस्कृति,चराचुरुङगी,माछा सहितको विशेष उदाहरण दिएर साकेला शीलीको महत्व त्यति मात्र नभएर हाम्रो जीवन धान्ने अन्नबाली बीउ बीजन छर्दै धर ल्याई भकारी सम्म राख्ने मुन्धुमको विषयमा प्रकाश पार्नु भएको थियो।

विशेष शीलीनाच मार्फत सामुहिक रुपमा नाचिने गोलाकार नाचलाई नै मुन्धुमी भाषामा ‘शीली’ भन्ने गरेको उल्लेख गर्नु हुदै मे २३ तारिख किरात राई हाउस, ग्याम्बल लेन, रिपले वोर्किङ्ग GU23, 6HS मा ५०८० औ साकेला चाड मनाउने, मे २४ तारिख कार्यक्रम उदघाटन, मे २५ तारिख विशेष वन्दसत्र र २६ तारिख बेलायत घोषणा-पत्र जारी गर्ने कार्यक्रम रहेको जानकारी समेत दिएको थियो।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...