News Portal

अमेरिकामा सरस्वती पुजा तथा रचना वाचन सम्पन्न

गौतम सागर राई
५७२ पटक

अमेरिका : अन्तराष्ट्रीय नेपाली साहित्य समाज कोलोराडो च्यापटरको आयोजनामा सरस्वती पुजा साथै रचना वाचन कार्यक्रम च्यापटरका अध्याक्ष तारा अधिकारीको सभापतित्वमा कोलोराडोको थ्रोटन शहरमा विशेष एक कार्यक्रम सम्पन भएको छ।

आयोजित कार्यक्रममा अभिभावकहरुले आफ्नो बालबालिकाहरु सहित बाक्लो उपस्थिती जनाएका थिए। अगान्तुकहरुलाई च्यापटरका महासचिब सम्झना आचार्य खनालले स्वागत मन्तव्यबाट उपस्थित सवैलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन किरण अधिकारीले गरेका थिए।

सो कार्यक्रमको पहिलो चरणमा बिघाकी देबी सरस्वतिको तस्विरमा फुलको गुच्चा भेटी चढाउदै सबैले पुजा पाठ गरिएको थियो। साथै बालबालिकाहरुलाई कापी सिसाकलम बितरण गर्दै अक्षराम्भ गराइएको थियो। नेपाली भेषभूषामा बालबालिकाहरुले नित्य प्रदर्शन गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा सर्जकहरु समिर आचार्य, केनु उपाध्याय, यसोदा भट्ट, शृराम लुइटेल, आचार्य प्रभा, सम्झना आचार्य, भुपेन्द्र महत्त, हरिभत्त कटुवाल, वासुदेव खनाल, पदम बिश्वकर्मा, दिपक गौतम, धना पौडेल, निर्मल प्याकुरेल, प्रमिला शर्मा, केशब आचार्य, बिजयराज शर्मा, दामोदर लुइटेलले आआफ्नो सिर्जना वाचन गरेका थिए।

आयोजित कार्यक्रमलाई भव्य बनाउन उपस्थित भएका आगन्तुकहरुलाई बिशेष आभार प्रकट गर्दै अनेसास कोलोराडो च्यापटरका अध्यक्ष तारा अधिकारीले कार्यक्रम समापन गरेका थिए। हाम्रो आवाज अनलाईन टेलिभिजनले कार्यक्रम अवधिभर लाईभ प्रसारण गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...