News Portal

अमेरिकामा सरस्वती पुजा तथा रचना वाचन सम्पन्न

गौतम सागर राई
६८६ पटक

अमेरिका : अन्तराष्ट्रीय नेपाली साहित्य समाज कोलोराडो च्यापटरको आयोजनामा सरस्वती पुजा साथै रचना वाचन कार्यक्रम च्यापटरका अध्याक्ष तारा अधिकारीको सभापतित्वमा कोलोराडोको थ्रोटन शहरमा विशेष एक कार्यक्रम सम्पन भएको छ।

आयोजित कार्यक्रममा अभिभावकहरुले आफ्नो बालबालिकाहरु सहित बाक्लो उपस्थिती जनाएका थिए। अगान्तुकहरुलाई च्यापटरका महासचिब सम्झना आचार्य खनालले स्वागत मन्तव्यबाट उपस्थित सवैलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन किरण अधिकारीले गरेका थिए।

सो कार्यक्रमको पहिलो चरणमा बिघाकी देबी सरस्वतिको तस्विरमा फुलको गुच्चा भेटी चढाउदै सबैले पुजा पाठ गरिएको थियो। साथै बालबालिकाहरुलाई कापी सिसाकलम बितरण गर्दै अक्षराम्भ गराइएको थियो। नेपाली भेषभूषामा बालबालिकाहरुले नित्य प्रदर्शन गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा सर्जकहरु समिर आचार्य, केनु उपाध्याय, यसोदा भट्ट, शृराम लुइटेल, आचार्य प्रभा, सम्झना आचार्य, भुपेन्द्र महत्त, हरिभत्त कटुवाल, वासुदेव खनाल, पदम बिश्वकर्मा, दिपक गौतम, धना पौडेल, निर्मल प्याकुरेल, प्रमिला शर्मा, केशब आचार्य, बिजयराज शर्मा, दामोदर लुइटेलले आआफ्नो सिर्जना वाचन गरेका थिए।

आयोजित कार्यक्रमलाई भव्य बनाउन उपस्थित भएका आगन्तुकहरुलाई बिशेष आभार प्रकट गर्दै अनेसास कोलोराडो च्यापटरका अध्यक्ष तारा अधिकारीले कार्यक्रम समापन गरेका थिए। हाम्रो आवाज अनलाईन टेलिभिजनले कार्यक्रम अवधिभर लाईभ प्रसारण गरेको थियो।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...