News Portal

  • दुबईमा रिलायबल स्टार कार्गो शुभारम्भ

    हिमाली संचार संवाददाता
    ७१७ पटक

    दुबई। बरदुबईमा रिलायवल स्टार कार्गोको भव्य शुभारम्भ भएको छ। दुबईको लोकप्रिय भेटघाटकेन्द्र बरदुबईमा ३१ जनवरी शुक्रबार भव्य समारोहका बीचमा रिलायबल स्टार कार्गोले सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा उल्लेख्य नेपाली, बिदेशी र स्थानीय अरबी नागरिकहरुको उपस्थितिमा रिबन काटेर नेपाली परम्परा अनुसार मन्त्रोचारण, शंखध्वनि र पुजाआजाका साथमारिलायबल स्टार कार्गोको उदघाटन भएको छ । उदघाटन कार्यक्रममा रिलायबल स्टार कार्गोका स्पोनसर मोहम्मद र निजका भाइ अहमद र अन्य स्थानीय नागरिकहरुको पनि उपस्थिति थियो ।
    युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पुर्‍याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गरेको  संचालक ओमप्रकाश न्यौपानेले बताउनु भएको छ। विशेष गरी नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायबल स्टार कार्गो एलएलसी बरदुबईको कोसेली ट्राभल सँगैकाे भवनमा रहेको संचालक न्यौपानेले जानकारी दिनुभएको हो।

    नेपालीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर सेवा गर्ने लक्ष्य लिइएको यस कार्गोले स्पेसल ओपनिङ अफरका रूपमा कुनै अतिरिक्त शुल्क नलिइ प्रतिकेजी ८ दिराम लिएर काठमाडौंसम्म सेवा दिने भएको छ भने काठमाडौंबाहिरको लागि भने प्रतिकेजी ९ दिराम रहेको र हरेक सामानहरु १५/२० दिनभित्रमा सम्बन्धित स्थानमा पुर्‍याउने व्यवस्थापन मिलाइएको संचालक न्यौपानेले बताउनुभएको छ ।  नेपाल एयरलाइन्सका युएई प्रमुख  टीकाराम पंगेनीका साथमा अन्य सहकर्मीहरु, नेपाली ट्राभल व्यावसायीहरु, भारतीय ट्राभल व्यावसायीहरु, भारतीय तथा बङलादेशका कार्गो व्यावसायीहरुको समेत उपस्थिति रहेको भव्य समारोहमा युएईका सर्वसाधारण नेपालीहरुदेखी सफल ब्यावसायिक व्याक्तित्वहरुले सहभागिता जनाएको संचालक न्यौपानेले जानकारी दिनुभएको छ । 

    युएईमा रहेका विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रमुख, प्रतिनिधि, व्यापारी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुको उल्लेख उपस्थितमा भएको उदघाटन कार्यक्रमले सकारात्मक ऊर्जा भरिएको संचालक न्यौपानेले बताउनुभयो। नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना भएको रिलायबल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

    फोटो : देशबन्धु ढकाल

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...