आज : २०२६-०६-३०, मङ्गलबार

कुवेतमा सडक दुर्घटनामा फेरि एक नेपालीको मृत्यु

कुवेत ३१, २०२० जनवरी : कुवेतको फाहिलमा बाटाे काटने क्रममा एक जना नेपाली युवाकाे मृत्यु भएको छ।

मृत्युु हुनेमा सुनसरी इटहरी-२ का ३६ बर्षिय अम्बर बहादुर श्रेष्ठ रहेको कल्याणकारी युवा समाज कुवेतका सदस्य अर्जुन गुरुङले हिमालीसंचार डटकमलाई जानकारी दिए।

तीन बर्ष अगाडि कुवेत आएका श्रेष्ठ कम्पनी छोडेर अबैधानिक रुपमा काम गरिरहेको बुझिएको छ।

घटना शुक्रबार बिहानकाे करिब ५ बजे भएको थियाे। घटनास्थल स्थानीय प्रहरी पुगे लगतै मृतकको शव फर्वानिया अस्पताल लगिएको बुझिएको छ।

कुवेतस्थित नेपाली राजदूतावासका तृतीय सचिब मनाेजकुमार सिहले मृतक श्रेष्ठको घरपरिवार पनि हाम्रो सम्पर्क आएको र अस्पतालको रिपोर्ट आएपछि कागजी प्रक्रिया पुरा गरेर उनको शव नेपाल पठाइने बताए।