News Portal

राष्ट्रिय सोनाम ल्होछारको तयारी पुरा

अतिथि कलाकारहरु मिना लामा, अन्जु, जोगलाल र युबि मोंग्रेस कुवेतमा

हिमाली संचार संवाददाता
११७२ पटक

कुवेत ३०, २०२० जनवरी : नेपाल तामाङ घेदुङ कुवेतको २८५६ औं राष्ट्रिय सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रमकाे तयारी पुरा भएको कार्यक्रम संयोजक रेशम लामाले जानकारी दिए।

आउदो फेब्रुअरी ०७ तारीख २०२० शुक्रबारको दिन कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा उक्त कार्यक्रमको आयोजना गरिएको छ।

तामाङ जातिको भाषा, धर्म, संस्कृति, भेषभुषाको संरक्षण र सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यका साथ मनाउन लागेको उक्त कार्यक्रमलाई सफल पार्नको लागि नेपालबाट कुवेत आउने अतिथि कलाकारहरु गायिका मिना लामा, अन्जु लामा, जोगलाल लामा र युबि मोंग्रेस लगायत कुवेतका स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने संयोजक लामाले हिमालीसंचारलाई बताए।

साथै कुवेतमा रहेका क्रियाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भई २८५६ औं राष्ट्रिय सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रमको शोभा बढाई सहयोग गरिदिन संस्थाका अध्यक्ष सुरेश ग्याबा तामाङले अनुरोध गरेका छन।

कार्यक्रम हुने:

मिति : ०७ फेब्रुअरी २०२० शुक्रबार
समय : मध्याह्न ११ बजे
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिब
कार्यक्रम : २८५६ औं राष्ट्रिय सोनाम ल्होछार

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...