News Portal

गोरखाकी क्यान्सर पीडित प्रिती गुरुङले गरिन अस्पतालको शैयाबाटै सहयोगको अपिल

कमल सिंह ठकुरी
७१६ पटक

कुवेत २९, २०७६ जनवरी : गोरखा जिल्लाको आरुघाटकी २२ बर्षिया प्रिती गुरुङ यतिबेला रगत क्यान्सर भएर अस्पतालको शैयामा छटपटाइरहेकी छन।

करिब २ बर्ष पहिले भारत हुदै घरेलु कामदारको रुपमा कुवेत आएकी गुरुङलाई गएको सेप्टेम्बरमा कुवेतस्थित फर्वानिया अस्पताल पुर्‍याइएको थियोे।

उनको रगत क्यान्सर भएको अस्पताल श्रोतले बताएको कल्याणकारी यूवा समाज कुवेतका अध्यक्ष निरज सिंह ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

अध्यक्ष सिंहका अनुसार हाल उनी साहुसाहुनीको रेखदेखमा कुवेतको सुयोखस्थित सेखबदरी क्यान्सर अस्पतालको वार्ड – ५ को बेड नं – १० मा राखिएको छ।

उनलाई आफ्नै बुवाआमा वा, दाजुभाइ तथा दिदीबहिनिको रगत दिएमा रोग निको डाक्टरको सुझाव छ, अध्यक्ष सिंहले भने। उनलाई चाडो भन्दा चाडो स्वदेश फर्काउन हामी पनि लागि परेका छौ। हामीलाई सबैको सहयोगको खाचो छ। सकेको सहयोग गर्न सबैमा अनुरोध छ।

गुरुङको सहयोगका लागि कुवेतस्थित नेपाली राजदूतावासका अधिकारी र एनआरएन कुवेतलाई समेत जानकारी गराईसकिएको अध्यक्ष सिंहले भने।

क्यान्सर पीडित गुरुङले कुवेतमा स्थापित विभिन्न नेपाली संघसंस्थाहरु लगायत सबै सहयोगी मनहरुलाई सहयोगका लागी अनुरोध गरेकी छन।

साथै सहयोग गर्न चाहने जो कसैले पनि कल्याणकारी युवा समाज कुवेतका अध्यक्ष निरज सिंह ठकुरीको मोवाइल नम्बर +९६५६०४४७२९५ र सोही संस्थाका सांस्कृतिक बिभाग प्रमुख तथा गायक राजु थापाको मोबाइल +९६५६६९५२३३४ नम्बरमा सम्पर्क गरि सहयोग गर्न सकिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...