News Portal

पत्रकार बन्न अनिवार्य लाइसेन्स लिनुपर्ने प्रावधान

हिमाली संचार संवाददाता
६८८ पटक

काठमाडौं– मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो।

समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित पारित गरिएको बताए। ‘सबै पत्रकार र संस्थाको अभिलेखिकरण काउन्सिलमा पनि हुनुपर्ने छ। अभिलेख राख्ने क्रममा अहिले पेशमा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन्। नयाँ आउन चाहानेहरुका लागि काउन्सिलले पाठ्यक्रमको आधारमा परीक्षा लिएर लाइसेन्सको व्यवस्था गर्ने कुरा पारित भएको छ’, उनले भने।

सभापति गुरुङले दण्ड जरिबानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उलंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको बताए। त्यसैगरी काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ। ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति वा १५ वर्ष अनुभवसहित विशेष योगदान र्पुयाएको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था गरिएको छ’, उनले भने।

यस्तै सदस्यका लागि १० वर्षको अनुभव र कम्तिमा स्नातक तह उतिर्ण गरेको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ। समितिमा प्रादेशिक प्रतिनिधित्व, विधागत प्रतिनिधित्व पनि सुनिश्चित गर्ने सहमति भएको सभापति गुरुङले बताए। समितिमा सम्बन्धित क्षेत्रका प्राध्यापक वा सहप्राध्यापकलाई समेट्ने सहमति पनि जुटेको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...