News Portal

मकाउमा पनि गरियो नेपाल भ्रमण बर्ष २०२० औपचारिक उद्घाटन [फोटो फिचर]

सन्जिब कोयी
११२१ पटक
२०७६ पौष २८, सोमवार

मकाउ : नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउ र गैर-आवासीय नेपाली संघ मकाउको आयोजना साथै मकाउमा रहेका विभिन्न संघ संस्थाहरुको विशेष सहआयोजनामा आइतबार नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भव्यताका साथ औपचारिक रुपमा प्रचार प्रसार गरी उद्घाटन भएको छ। जनवरी ५ तारिख हङकङमा पनि यसैगरी नेपाल भ्रमण वर्षको शुभारम्भ थियो।

मकाउका स्थानीय प्रतिनिधि साथै अन्य विभिन्न देशका मकाउस्थित प्रतिनिधि र मकाउ र हङकङका नेपाली समुदायहरुको उल्लेखनीय सहभागिता विच मकाउका विशेष, ऐतिहासिक क्षेत्र सानमालोबाट पैदल यात्रा शुरू भएर भ्रमण बर्षको व्यानर, नेपालको राष्टिय झण्डा सहित नेपाली मौलिक नौमति बाजा, लाखे नाच र कार्यक्रम स्थल Amizade square सिन्त्रा अगाडी साकेला शीली प्रदर्शन गरेर कार्यक्रम भव्यताका साथ उद्घाटन भएको थियो। 

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हङकङ/मकाउका महावाणिज्यदूत कमल प्रसाद भट्टराईले फ्रि-भिसा सहित भ्रमण वर्ष २०२० अबसरमा विभिन्न क्षेत्रमा विशेष छुटको पनि ब्याबस्था भएकाले नेपाल भ्रमण गर्न आह्वान गर्दै नेपाल प्राकृतिक रुपमा निकै राम्रो देश भएकाले तपाईंको नेपाल भ्रमण लाइफ टाइम भ्रमण हुन्छ।

तपाईको परिवार र साथीहरूसहित नेपाल भ्रमण गर्न म आमन्त्रण गर्न चाहन्छु। हङकङबाट नेपाल एयरलाइन र चीनबाट समेत चाडै यो ब्याबस्था हुदैछ साथै अन्य एयरलाइनद्वारा नेपाल भ्रमण गर्न सकिने बताएका थिए। 

आयोजित कार्यक्रममा नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक बस्तुस्थिति झल्काउने मनमोहक क्यानभासमा चित्रकला प्रदर्शनी गरिएको थियो। वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने चित्रकला भने साँझ ५ बजेसम्म प्रदर्शनमा रहेको थियो। चित्रकला प्रदर्शनी स्थानीय टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले राम्रो कभरेज गरीरहेका छन्।

आयोजित कार्यक्रमको पुर्ण अंश सहितको भिडियो (HamroAwaz) युटुब च्यानलमा गएर हेर्न सक्नु हुने छ।वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले क्यानभासमा चित्रकला प्रदर्शनी गरेका थिए। कलाकार समुहलाई आज साँझ स्थानीय समय अनुसार ६ बजे मकाउमा सम्मान गर्ने कार्यक्रम समेत रहेको गैर-आवासीय नेपाली संघका अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिएका छन्।

थप तस्वीरहरु:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...