News Portal

युएईबाट पैसा पठाउदा दुबईको फुलबारी रेस्टुरेन्टमा नेपाली खानाको सित्तैमा स्वाद

हिमाली संचार संवाददाता
५७५ पटक

आरपी ढुंगेल
युएई ८, २०२० जनवरी : युएईबाट वैधानिक तरिकाले रेमिट्यान्स गर्दा नेपालीहरुद्वारा संचालित फुलबारी रेस्टुरेन्टमा नेपाली खाना खान पाइने भएको छ। बर दुबईका स्तरीय नेपाली रेस्टुरेन्टमध्ये फुलबारी रेस्टुरेन्टमा मात्रै यो सुविधा पाइने रेस्टुरेन्टका संचालक ईश्वरप्रसाद उपाध्यायले बताए।

युएईको लोकप्रिय लुलु एक्सचेञ्जबाट नेपालमा हिमालयन बैंकको हिमाल रेमिटमा पैसा पठाउदा यो सुविधा पाइने हिमाल रेमिटका युएई प्रतिनिधि रमिलराज प्रधानले हिमालीसंचारसंगको कुराकानीमा बताए।

प्रधानका अनुसार यो कुपन बर दुबईको मिनाबजारमा रहेकोे लुलु एक्सचेञ्जबाट हिमाल रेमिटमार्फत नेपालमा पैसा पठाउँदा स्वत: पाइनेछ।

यो अफर २०२० को जनवरी १ तारीखदेखि १५ फेब्रुअरीसम्म लुलु एक्सचेञ्जमा चल्नेछ। उक्त अवधिमा लुलु एक्सचेञ्जबाट नेपालमा रहेका आफन्तलाई हिमाल रेमिटमा पैसा पठाउँदा एक कुपन पाइनेछ र उक्त कुपन आगामी फेब्रुअरीभरि फुलबारी रेस्टुरेन्टमा स्वीकार गरिनेछ।

फुलबारीका सन्चालक उपाध्यायका अनुसार उक्त कुपनको आधारमा मम, चाउमिन, नेपाली खाना सेट, थुक्पा वा सेल रोटीको सेट मध्ये एक आइटम सित्तैमा पाइनेछ।

विश्वको विकसित सहरमा रहेको अन्तर्राष्ट्रिय स्तरको लुलु इन्टरनेसनल एक्सचेञ्जसँग सहकार्य गर्न पाउनु आफैंमा एउटा सुवर्ण अवसर भएको उपाध्यायले बताए।

आफ्नो रेस्टुरेन्टले यस अगाडि युएईको ख्यातिप्राप्त व्यावसायिक समुह अल रोस्ट्रमनी एक्सचेञ्जसँग पनि टाइअप गरी काम गरेकोले यसले व्यापार प्रवर्द्धनका साथै नेपाल, नेपाली संस्कृति झल्किने र नेपाल चिनाउने काम भएको संचालक उपाध्यायको दाबी छ।

आफ्नो रेस्टुरेन्टलाई फुलबारी ब्रान्ड बनाउन चाहेको र युएईका प्रसिद्ध कम्पनीहरुसँगको सहकार्यले अझ ऊर्जा थपिएको संचालकले भने।

हुण्डीले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा यो कार्यले गर्दा नेपालमा धेरै भन्दा धेरै रेमिटेन्स भित्रिने र त्यस्ले नेपाल सरकारको अर्थतन्त्रमा वृद्धि हुने विस्वास पनि लिएको सञ्चालक उपाध्यायले बताए।

केही महिना अगाडि युएई सरकारको एक कार्यक्रममा छनौट भएर उत्कृष्ट रेस्टुरेन्टको उपाधी पाएको यो रेस्टुरेन्टले यस अगाडि पनि वैधानिक रेमिट्यान्स गर्दा नेपाली खाना सित्तैमा पाइने व्यवस्था गरेको थियो। उक्त योजनामा पनि करिब १ हजार जनालाई सित्तैमा खाना उपलब्ध गराएको संचालक उपाध्यायले बताए।

धादिङ स्थायी घर भएका ईश्वर उपाध्याय र लमजुङका हरिस गौलीको संयुक्त लगानीमा संचालित फुलबारी रेस्टुरेन्ट द इयर अफ टोलोरेन्स सेलिब्रेट दुबईमा फास्टफुड रेस्टुरेन्ट वर्गमा छनौट भएको संचालक ईश्वर उपाध्यायाले बताए।

फुलबारी रेस्टुरेन्टमा तयार हुने नेपाली परिकारले नेपाली संस्कृतिलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट भएर छनौट भएको संचालक उपाध्यायले दाबी गरेका छन्।

नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै दुबई पुलिसको उच्च निकायमा आफ्नो रेस्टुरेन्टका स्वादिष्ट नेपाली परिकार, नेपाली झन्डा र पोशाकमा सजिएर सहभागी भएको र उक्त प्रदर्सनीमा आफ्नो रेस्टुरेन्ट छनौट भएकोमा संचालक ईश्वर उपाध्यायले खुसी प्रकट गरे।

बरदुबईको नेपालीको सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टमा तयार पारिएका स्वादिष्ट नेपाली परिकार स्थानीय बासिन्दा र अन्य देशका सहभागीहरुले खाएर नेपाली खानाको इज्जत बढाएको सफल युवा व्यापारी उपाध्यायले बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...