News Portal

  • मुख्यमन्त्रीले मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाएर सम्मान गर्नुको कुनै तुक  थिएन : महासचिव सुमन

    हिमाली संचार संवाददाता
    ५९५ पटक

    सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका ४ जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव र गौरीनारायण साहले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरे ।

    प्रधानमन्त्रीले मधेश आन्दोलनको समयमा दिएको अभिव्यक्तिलाई लिएर माफी नमागेकको, झुठा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता नलिएको, संविधान संशोधन नगरेकाले बहिष्कार गरेको उनीहरुले बताएका छन् । तर बहिष्कार गर्नेमध्येका एक जनाले प्रधानमन्त्रीलाई संसदमा बोलाएर मुख्यमन्त्रीले राम्रो काम नगरेको टिप्पणी गरेका छन् ।

    राजपा महासचिव मनिष सुमन प्रधानमन्त्रीलाई संसदमा बोलाएर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले राम्रो नगरेको बताएका छन् ।

    सुमनको भनाइलाई मान्ने हो भने मुख्यमन्त्री काठमाडौं पुगेर प्रधानमन्त्रीलाई आग्रह गरी बोलाएका हुन् । ‘मुख्यमन्त्री राउत काठमाडौं पुगेरै प्रधानमन्त्रीसँग भेटनुभयो र प्रदेशमा आएर सम्बोधन गर्न आग्रह गरेपछि प्रधानमन्त्री आउनुभयो’ उनले भने ।

    ‘मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाउने आवश्यक थिएन’ उनले भने, ‘आफ्नो ५० बर्षभन्दा बढी राजनीतिकालमा ओलीज्यूले मधेशमैत्री कुनै काम गर्नुभएको छ ? यस्तो व्यक्तिलाई बोलाएर सम्मान गर्नुको कुनै तुक थिएन ।’

    ‘मधेशमा आन्दोलन भइरहँदा ओलीज्यूको बेली पनि अमर्यादित भएको कसैसँग लुकेको छैन । आफ्नो बोलीप्रति क्षमा नमाग्ने व्यक्तिलाई मान सम्मान दिइनु ठीक होइन ।’

    सुमनले प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनको सन्दर्भमा राजपाको प्रदेश २ को संसदीय दलका नेता जितेन्द्र सोनलको भूमिका नराम्रो देखिएको समेत बताए ।

    सरकारलाई समर्थन औचित्यहीन

    राजपा महासचिव सुमनले केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनको कुनै औचित्य नभएको बताएका छन् ।

    सरकार बनेको ६ महिना बनिसक्दा समेत संविधान संशोधन गर्नेतर्फ कुनै किसिमको चासो नलिएको, मुद्दा फिर्ता नलिएकाले समर्थन औचित्यहिन बनेको बताए । ‘दिइएको समर्थनको आवश्यक्ता छ कि छैन । त्यसबारे छलफल हुनु जरुरी छ’ उनले भने, ‘आवश्यक्ता नरहेकाले चाँडै समर्थन फिर्ता लिई मुद्दाका लागि अगाडि बढ्नु जरुरी छ ।’

    उनले समर्थन फिर्ता लिई पार्टीले सडक र सदनमार्फत मुद्दा सम्बोधन गराउन अगाडि बढनु जरुरी रहेको बताए । यसैगरी, प्रदेश २ को प्रदेशसभामा शनिबार प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको विरोध गर्दै राजपाकै संसदीय दलका नेता तथा मन्त्री जितेन्ऽ सोनलको कडारुपमा आलोचना गरेका छन् । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...