तमु समाज कुवेतद्वारा आयोजित तमू च्यु ल्हाेसार कार्यक्रमको तयारी पुरा

कुवेत : “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमू समाज कुवेतले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू च्यु ल्होसार यो पटक पनि १० जनावरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा विविध खेलकुद,र सांस्कृतिक प्रस्तुतिहरुको साथ मनाउने तिब्र तयारी भईरहेको तमू समाज कुवेतका अध्यक्ष राजु तमूले जानकारी दिएका छन्।
तमू (च्यु)ल्हाेसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउन समाजका ककलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी गरिरहेका समाजको कलाकार उपप्रमुख रुप गुरुङ बताए साथै उक्त दिन तमू (गुरुङ)को तमू जेष्ठ नागरिकद्वारा स्याई स्याई गर्ने भेषभुसा सहित, गुरुङ समुदायको लोपोन्मुख झोरा, मारुनी नृत्य,कौरा नृत्य, प्रस्तुति सहित कार्यक्रमलाई थप रोचक गर्न छेलो फाल्ने, डोरि तान्ने, हाडी फोर्ने, म्युजिकल चेयर्स प्रतियोगिता साथै जलपान तथा दिव्यभोजको पनि व्यवस्था भएको आयोजकले जानकारी दिएको छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
कार्यक्रम : तमू(च्यु)ल्होसार
मिति : १० जनावरी २०२० शुक्रबार
स्थान : हिजुल कबड एरिया(BLOCK No 2- STREET NO-14 HIJUL KABAD KUWAIT)
आयाेजक : तमू समाज कुवेत।

















