News Portal

युएईमा रहेका खोटाङबासीले अङ्ग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष मनाए

हिमाली संचार संवाददाता
४४४ पटक

युएई : खोटाङ सेवा समाज युएईद्वारा आयोजिक वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा युएईको राजधानी अबुधबी स्थित मुसाफा पार्कमा जनवरी ३ शुक्रबार आयोजना भएको कार्यक्रममा उल्लेख मात्रामा खोटाङवासी र अन्य जिल्लावासी नेपालीहरुको सहभागिता देखिन्थ्यो ।

खोटाङ्ग सेवा समाज युएईको निमन्त्रणालाई स्वीकार्दै कार्यक्रममा उपस्थित युएईका विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष तथा भिजिट नेपाल वर्षको स्वागत गरेका थिए । कार्यक्रममा भिजिट नेपाल अंकित नारा र लोगो सहित को टिसर्ट पनि सार्वजनिक गरिएको समाजका महासचिव उदय सानू राईले जानकारी दिएका छन् ।

कार्यक्रममा नाचगान साथै मनोरञ्जनात्मक खेलहरु खेलाइएको कार्यक्रम संयोजक सुजन कोयु राईले बताए।
म्युजिकल चियर्सका बिजेता शारदा राई तथा उपबिजेता युना राईलाई पुरस्कार प्रदान गरिएको थियो भने हाँडी फोरको बिजेता सरु सितल राई तथा लोक दोहोरी प्रतियोगितामा प्रथम महिला समूह सारदा राईको टिमलाई पनि पुरस्कारका साथमा खोटाङ सेवा समाजले बधाई तथा शुभकामना व्यक्त गरेको समाजका उपाध्यक्ष राजु राईले बताएका छन्।
कलाकार डिके किराँती रियो चाम्स कोपिला राई सरु सितल राई लगायत अन्य कलाकारलाई पनि आयोजक समितिले धन्यवाद प्रकट गरेको समाजका अध्यक्ष हिमाल गुरुङले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...