News Portal

यूएईका संघसंस्थाहरूले गरे नेपाल भ्रमण वर्ष २०२० प्रचारप्रसार

हिमाली संचार संवाददाता
४०९ पटक

यूएई : नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्यले प्रचारप्रसार सुरूवात गरेका छन्। यूएईमा रहेकाे नेपालीहरूकाे पूरानाे संस्था नेपाली समाज यूएईले ४ दर्जन भन्दा बढी संघसंस्थालाई समेटेर जनवरी १ तारिख शुक्रवार दुबईस्थित जाबिल पार्कमा भ्रमण वर्षकाे प्रचारप्रसार तथा शुभकामना अादान प्रदान कार्यक्रम अायाेजना गरेकाे छ।

कार्यक्रममा बाेल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेषबहादुर कार्कीले भ्रमण वर्ष सफल बनाउने काम नेपाल सरकारकाे मात्र नभएर विश्वभर रहेका अाम नेपालीकाे समेत दायित्व रहेकाे बताउनुभयाे। यूएईमा रहेका एक नेपालीले कम्तिमा २ जना पर्यटक नेपाल भित्र्याउने पहल गर्न उहाँले अाग्रह समेत गर्नुभयाे।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष गाेविन्दप्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न अाउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि अाग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रचारलाई निरन्तर दिनुपर्ने बताउदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्वता जनाउनुभयाे।

कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि , गैर अावासीय नेपाली संघ (एनअारएन)का पदाधिकारीहरू, पर्यटक तथा व्यवसायी साथै उल्लेख मात्रामा सर्वसाधारण नेपालीहरूकाे उपस्थिति रहेकाे थियाे भने भ्रमण वर्षकाे लाेगाे अंकित टिसर्ट , नेपाली टाेपी , लगायतका प्रचार सामाग्री समेत वितरण गरिएकाे थियाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...