News Portal

साउदी अरबले दियो अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसाको अवसर

हिमाली संचार संवाददाता
६४४ पटक

साउदी ३०, २०१९ डिसेम्बर : नेपाली राजदूतावासले साउदीमा अकामा नविकरण नगरी र कम्पनी छोडी भागेर काम गरिरहेका नेपालीहरू वहिर्गमन भिसाबाट नेपाल फर्किन सक्ने जनाएको छ।

दूतावासले जारी गरेको सूचनामा ‘कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका‘ नेपालीहरुले दूतावासमा सम्पर्क गरी अवसरको सदुपयोग गर्न सकिने जनाएको छ।

साउदी दूतावासद्वारा सार्वजनिक गरिएको सूचनापत्रकाअनुसार, हालै साउदीका श्रम तथा सामाजिक विकास मन्त्रालयले ‘एक महिनाभन्दा बढी अवधि अकामा नविकरण नभए वा नयाँको हकमा ४ महिनाभन्दा बढी अवधि अकामा जारी नभए वा कम्पनी छोडी भागेर हुरूब लागेका नेपाल जान सकिने उल्लेख छ।

दूतावासद्वारा जारी सूचना यस्तो छ:

साउदीमा अकामा जारी वा नविकरण नगरी वा कम्पनी छोडी भागेर हुरूब लागि काम गरिरहेका नेपाली कामदारका लागि नेपाली राजदूतावासको जरूरी सूचना
————————————-

हालै साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नविकरण नभए वा नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभए वा कम्पनी छोडी भागेर हुरूब लागेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नभएका कामदारका लागि बहिर्गमन भिषा जारी गर्ने व्यवस्था मिलाएकोले त्यस्ता कामदारले देहाय अनुसारका कागजात सहित यथाशिघ्र दूतावासमा सम्पर्क गरी सिफारिसपत्र लिन र सम्बन्धित निकायमा गई बहिर्गमन भिषा लिई तोकिएको म्याद भित्र नेपाल फर्कने व्यबस्था मिलाउन हुन जानकारीको लागि यो सूचना गरिएको छ ।कम्पनीसंग लिन बाँकी बक्यौता भएमा श्रम अदालतमा मुद्दा दर्ता गरी फैसला पछि कार्यान्वयन अदालतवाट कार्यान्वयन भएपछि बहिर्गमन भिषा लिई जानु हुन समेत जानकारी गराइन्छ ।
पेश गर्नुपर्ने कागजातः
१. तोकिएको स्वरूपको निवेदनः निवेदनको ढाँचा यसैसाथ छ ।
२. अकामाको प्रतिलिपी-३ प्रति
३. राहदानी र भिषाको प्रतिलिपी-३ प्रति
—————————–

निवेदनको ढाँचा
——————
महामहिम राजदूत ज्यू मितिः२०७६/९/
नेपाली राजदूतावास, रियाद, साउदी अरब।

विषयः घर फर्किने व्यवस्था मिलाइ पाँउ ।

महोदय,

म देहायको विवरण भएको नेपाली नागरिक साउदी अरबमा काम गर्न आएको हो। हाल आफ्नो स्वेच्छाले घर फर्कन चाहेको छु । साउदी अरबमा कम्पनी छोड्ने/अकामा विहिन् भई रहने वाहेक कुनै पनि कानून विपरित काम गरेको छैन ।कुनै अड्डा अदालत र प्रहरीमा मेरो विरूद्ध कुनै मुद्धा मामिला दण्ड जरिवाना छैन । अकामा र भिषा सहितको पासपोर्टको प्रति संलग्न राखेको छु । स्वदेश फर्कनको लागि आवश्यक कारवाही गरिदिन हुन अनुरोध छ । बहिर्गमन भिषा जारी भएपछि तोकिएको म्याद भित्र स्वदेश फर्किसक्नेछु । व्यहोरा साँचो छ, झुठा ठहरे कानून वमोजिम सहुँला बुझाउँला भनी यो निवेदन राजीखुशीले श्रीमान् समक्ष पेश गरेको छु। श्रीमानको जो आदेश ।

१. कामदारको नाम ठेगानाः
२. अकामा नं. अकामाको मान्य अवधि सकिएको मितिः
३. राहदानी नं.
४. शुरूमा काम गर्न आएको कम्पनीको नाम ठेगाना फोन नं.
५. अवैधानिक हुने कारणः
क) कम्पनी छोडी भागेरहुरूब लागेको
ख) कम्पनीले अकामा नबनाएको/नविकरण नगरेको भए अबधिः
ग) कुनै मुद्दा मामिला दण्ड जरिवाना भए/नभएको
घ) अन्यः
६. भागेर काम गरेका अन्य कम्पनी भए तिनको नाम ठेगाना फोन नं.
७. साविकको कम्पनीले हुरूब लगाइसकेको छ/छैन
८. आएको मेनपावरको नाम ठेगाना फोन नं.
९. साउदी अरब आएको शुरू मितिः पछिल्लो पटक विदावाट आएको मितिः
१०. कम्पनी छोडी भागेको (भागेको भए)मितिः
११. हाल घर जाने कारणः
१२. अन्य केही भए खुलाउनेः
(अकामा, भिषा सहितको पासपोर्ट र संझौतापत्रको प्रतिलिपी र आफूसंग भएका अन्य प्रमाणको प्रतिलिपी राख्ने)

निवेदकको
नामथरः
दस्तखतः
मितिः
सम्पर्क फोन नं.

———————–
नेपाली राजदूतावास, रियाद ।
२०७६/०९/११

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...