News Portal

नेपाल पत्रकार महासंघ युएई शाखाले अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा शुभकामना आदानप्रदान गर्ने

हिमाली संचार संवाददाता
४५४ पटक

युएई – नेपाल पत्रकार महासंघ युएई शाखाले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आगामी २७ डिसेम्बर शुक्रबार दुबईको जाबिल पार्कमा युएईमा रहेका सबै नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यावसायीहरु र पत्रकारहरुबीच आपसी सम्बन्ध दरिलो बनाउदै भातृत्व कायम गर्ने उदेश्यले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको शाखा अध्यक्ष लक्ष्मण खनालले जानकारी दिएका छन् ।
सचिव मोहन बस्यालका अनुसार युएईका सक्रिय पत्रकारहरु र क्रियाशील सामाजिक संस्थाका प्रतिनिधिहरुले कार्यक्रममा सहभागिता जनाउनेछन् ।
युएईमा रहेर आफ्नो कामसँगै सामाजिक र परोपकारी पत्रकारिता गरिरएका नेपाली पत्रकारहरुले पर्व विशेषहरुमा यस्ता कार्यक्रम गर्दै आएको र अहिलेको महासंघको समुहले नेपाली दूतावास अबुधाबीलगायत युएईका कृयाशिल सामाजिक संस्थाहरुसँग मासिक रूपमा भेटघाट, अन्तर्कृया र संवादको वातावरण बनाउने कार्यतालिका समेत पास गरेको उपाध्यक्ष मेघराज सापकोटाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...