News Portal

  • पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गर्दै ठकुरी सहयोग संजाल युएईले बुझायो ज्ञापनपत्र

    हिमाली संचार संवाददाता
    १०७० पटक

    युएई २४, २०१९ डिसेम्बर : ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्बजनिक बिदा दिन नेपाल सरकारसँग माग गरेको छ।

    राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन यही पुस २७ गतेका दिन सार्वजनिक विदा दिन नेपाल सरकारसँग मागगर्दै संजालले ज्ञापन पत्र बुझाएको छ।

    ज्ञापनपत्रमा राष्ट्र निर्माताको सम्मान उहाँको योगदान र त्यागको सम्मानका लागि पुस २७ गते सार्वजनिक विदा दिई भव्य रूपमा राष्ट्रिय पर्वको रूपमा मनाउन माग गरिएको छ।

    नेपाली दूतावास अबुधाबीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापनपत्रमा राष्ट्र निर्माताको योगदान उहाँको त्यागलाई सरकारले विर्सन नहुने उल्लेख छ।

    ठकुरी सहयोग संजाल युएईका कार्यबाहक अध्यक्ष दिपक शाही ठकुरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा घोषणा गरेर सरकारले राष्ट्र निर्माता शाहको योगदानको कदर गर्नुपर्छ भनी ध्यानाकर्षण गराएको छ।

    साथै नेपाली नेपालीबीचको एकता, सामाजिक सदभाव,राष्ट्रिय एकता र अखण्डताका निम्ति शाहको दिव्यउपदेश पालना गरिनुपर्ने उल्लेख छ।

    विभिन्न टुक्रामा बिभाजित बाइसे, चौबिसे  राज्यहरुलाई शाहको अथक प्रयासबाट एकीकरण गरिएको हुँदा हामी अखण्ड र स्वतन्त्र नेपाल देशका नागरिक हुन सकेको उल्लेख गर्दै आफ्नो देशको निर्माण जसले गर्याे त्यस्तो महान ब्यक्तिलाई भुल्ने हो भने राष्ट्र निर्माताको योगदानको अवमूल्यन हुने भएको हुँदा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनलाई राष्ट्रिय बिदा घोषणा गरियोस भनी माग गरिएको छ।

    बिज्ञप्ती यस्तो छ:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...