News Portal

पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिन युएईबाट ध्यानाकर्षण

हिमाली संचार संवाददाता
४६० पटक

युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ।

प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा घोषणा गरेर शाहको युगदानको कदर नेपाल सरकारले गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रनिर्मातालाई सम्मान गर्नकाे लागि सार्वजनिक विदा दिई भव्य रूपमा गाैरवसाली राष्ट्रिय पर्वकाे रूपमा मनाउन नेपाली दूतावास अबुधाबीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पुस ७ गते बुझाएको हो।

नेपाल सरकारलाई नेपाली राजदुताबास अवुधावीमा राजदूत कृष्णप्रसाद ढकाल मार्फ़त ज्ञापनपत्र वुझाइएको ,राप्रपा अामन्त्रित केन्द्रीय सदस्य तथा प्रवास युएईका अध्यक्ष शशि सिलवालले बताएका छन्।

शिलवालकाे नेतृत्वमा नेपाली दूतावास अबुधाबी गएकाे प्रतिनिधि मण्डलमा राप्रपा प्रवास मध्यपुर्व ईन्चार्ज ताेयानाथ लम्साल, वरिष्ठ सल्लाहकार विश्वदेव शाह, सल्लाहकार शंकर श्रेष्ठ, उपाध्यक्षद्वय मनाेज जैसवाल, किशाेर केसी ,काेषाध्यक्ष नारायण पाेखरेल, महिला नेतृ चिना काेईराला, युएई महिला अध्यक्ष शर्मिला थपलिया लगायतका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे।

ज्ञापनपत्र बुझ्दै राजदुत ढकालले नेपाली इतिहासमा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको र प्राप्त ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पुर्‍याउन मद्दत गर्ने जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...