News Portal

मगर सँघ कुवेतले १७ जनवरीमा तेश्रो अधिवेशन गर्दै

हिमाली संचार संवाददाता
५१४ पटक

कुवेत : कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे संक्रान्ति आगामी १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानियास्थित युनिक अडेटोरियम हलमा मनाउने भएको छ।

मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा सन् २०१२ को जुन १५ मा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४ बर्षे लामो दोश्रो कार्यकाल पुरा गरेको छ।

अधिवेशनका लागि नेपाल मगर सँघबाट केन्द्रिय प्रतिनिधि समेत आउने जानकारी दिंदै कुवेतमा पेशारत समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन अन्य कुनै कार्यक्रमको आयोजना नगरी माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाइ दिन अनुरोध गरेको छ।

स्थापनाकालदेखी मगर सँघ कुवेतले मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरु बीच मनाउँदै आएको छ।

कार्यक्रम हुने:

मिति : १७ जनवरी २०२०, शुक्रबार
समय : ११ बजे
स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत

सम्पर्कका लागी :

जय आले मगर – ९९१०१४०८,

मनु भुजेल मगर – ६९३३३८८३,

बसन्त थापा मगर – ५०३४३९९३,

राजेन्द्र आले मगर – ६९०७६५९१,

जंग घरती मगर – ६०००८६७९

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...