News Portal

  • एनआरएनए महासचिव शर्मा भन्छन् – परिवर्तन नदेखिए अर्को चुनावमा उठ्दिन

    हिमाली संचार संवाददाता
    ५२५ पटक

    लन्डन २१, २०१९ डिसेम्बर : गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गैरआवासीय नेपाली संघसँग सिधा संवाद कार्यक्रममार्फत् शनिवार यस्तो प्रतिबद्धता गरेका हुन्।

    एनआरएनबारे सामाजिक सञ्जालमा आएका अनेकन टिप्पणीको जवाफ दिँदै एनआरएनमा अहिलेसम्म भइरहेका गतिविधि सिधा संवाद कार्यक्रममार्फत् स्पष्ट पारे।

    महासचिव डा. शर्माले एनआरएनले अहिले लिएको अर्जुनदृष्टि लाप्राक नमुना बस्ती हस्तान्तरण, आउँदो दुई वर्षभित्र गरिने कार्ययोजना तयार, १० अर्बको संगठित लगानी परियोजनाको खाका, नेपाल सरकारले अगाडि सारेको भिजिट नेपाल २०–२० परियोजना सफल पार्ने, वैदेशिक कल्याणकारी कोषको रकम वृद्धी, च्यारिटी कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने र एनआरएनको छवि सुधार्ने रहेको स्पष्ट पारे।

    भिडियो कन्फेन्समार्फत गत साता सम्पन्न एनआरएनको बैठकले गरेको निर्णयबारे सामाजिक सञ्जालमा आएका गुनासको जवाफ दिँदै महासचिव डा. शर्माले भने, ‘हामी पनि मानव हौं, हाम्रा पनि कमीकमजोरी हुन्छन्। तपाईंहरुले गरेको आलोचनाले हामीलाई सुध्रिने अवसर दिन्छ। आलोचना गर्नुहोस् तर आलोचना गर्दा स्वस्थ्य र तथ्यपरक हुनुपर्छ।

    सिधा संवाद कार्यक्रममा अधिकांश गुनासाहरु गत साता बसेको बैठकमा भएका निर्णयमा आधारित थिए। ती गुनासाहरुलाई महासचिव डा शर्माले जवाफ दिएका थिए।

    एक घण्टाभन्दा बढी समयसम्म चलेको सिधा संवाद कार्यक्रममा एनआरएनको संगठन संरचना परिवर्तन गरेर स्मार्ट एनआरएनको बाटोमा संस्था अघि बढेको उनको भनाइ थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...