News Portal

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कुवेतमा मनाइयो

हिमाली संचार संवाददाता
७२८ पटक

कुवेत -ट्रेड युनियनको संयोजन तथा सोलिडारिटी सेन्टर र जिफन्ट कुवेतको सहकार्यमा कुवेत ट्रेड युनियनको सभाकक्षमा एक समारोहको विच अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो ।
कुवेतको राष्ट्रिय गानसँगै शुरू गरिएको सो कार्यक्रममा कुवेत ट्रेड युनियनका अध्यक्ष अहमद अल-अनजीले संवोधन गरेका थिए भने उक्त कार्यक्रममा कुवेत सरकारको तर्फबाट ट्रेड युनियन अध्यक्ष हसन अल सलाइल, मिनिष्ट्रि अफ सोसियल अफेयरर्सको तर्फबाट मुनिरा अल-कान्दारी,सोलिडरिटी सेन्टरका अब्दुलरहमान अल-तुर्की लगायत विभिन्न देशका आप्रवासी श्रमिकको क्षेत्रमा कार्य गर्ने प्रतिनीधिहरू तथा आप्रवासी कामदारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

युनियनका महासचिब मुहम्मद अल अरदाको संचालनमा

सामुहिक रूपमा केक काटेर मनाइएको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विशेष कार्यक्रममा कुवेत ट्रेड युनियनले सरकारी पदाधिकारीका अलवा सोलिडारिटी सेन्टरका अब्दुलरहमान, घाना दूतावासका कन्सुलर अफिसर सामुएल, जिफन्टका कुवेत संयोजक गणेश रावत लगायत फिलिपिन्स, इजिफ्ट, श्रीलंका, सियरालियोनका आप्रवासी कामदारका क्षेत्रमा काम गर्ने प्रतिनीधिहरूलाई सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...