News Portal

नेपाली ट्याक्सी व्यवासायी संघ कुवेतको वार्षिकोत्सब तथा अधिवेशनको तयारी पूरा

हिमाली संचार संवाददाता
७८२ पटक

कुवेत : नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ।

आगामी २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा तय भएको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ। तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन २०१९ कार्यक्रमका कार्यक्रम संयोजक हिमाल लामाले बताए।

कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा संगितिक प्रस्तुतिहरु पनि प्रस्तुत गर्ने भएको छ। साथै ताल्या ट्याक्सिको तर्फबाट लक्की ड्र पनि रहेको संयोजक लामाले बताएका छन। उनले भने “लक्की ड्र मा जो कोहि पनि कार्यक्रममा उपस्थित भएकाहरु समावेश हुन सक्नेछन। ताल्या ट्याक्सिको एउटा काउन्टर रहनेछ। त्यहाँ गएर Al talyaa ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत नम्बर प्राप्त गर्नेछौँ। उक्त नम्बर लक्की ड्र मा समावेश हुनेछन।” लक्की ड्रमा एउटा मात्र पुरस्कार रहेको समेत उनले जानकारी दिएका छन।

कार्यक्रमको लागि कुवेतका कृयाशिल सबै संघ संस्था, संचार माध्यम तथा बुद्धिजीवी वर्गहरुलाइ पत्रचार भैसकेको भएता पनि कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थितिका लागि संयोजक लामाले अनुरोध गरेका छन।

कार्यक्रम हुने:
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
मिति : २७ डिसेम्बर २०१९
समय : दिउँसो १२ बजे
आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...