News Portal

वैदेशिक रोजगारीमा युएई पुगेका दीर्घराजको यसरी भयाे बिदाई कार्यक्रम

हिमाली संचार संवाददाता
५४८ पटक

आरपी ढुंगेल/युएई – वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत करिब तीन लाख नेपालीहरुमा झापाका दीर्घराज भट्टराई एक हुन् । उनी कुनै विशेष मानिस होइनन् तर ११ वर्षको रोजगारीलाई अन्त्य गर्दै नेपाल फर्कने तयारी गरिरहेका भट्टराईलाई १३ डिसेम्बर शुक्रबार सम्मान थाप्न भ्याइनभ्याइ थियो।

न उनी कुनै ठुला समाजसेवी हुन् न कुनै समाज/संस्थाका अध्यक्ष हुन् तर उनलाई १३ डिसेम्बरमा ३ समुहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर बिदाई गरेका छन्। हरेक दिन युएईबाट सयौंको संख्यामा दीर्घराज जस्ता नेपालीहरु नेपाल जान्छन् तर सबैले दीर्घराज जस्तो सम्मान पाउँदैनन् तर उनलाई मात्रै किन यस्तो सम्मान ?

को हुन् दीर्घराज भट्टराई ?

काम र दामको खोजीमा ११ वर्ष अगाडि युएई आएका दीर्घराज नाम जस्तै दीर्घकालीन सोच भएका सरल र इमानदार आम नेपाली हुन् । उनले ११ वर्स युएईमा रोजगारी गरिसकेपछि नेपालमा कृषि र पशुपालनको क्षेत्रमा एउटा दरिलो आयआर्जनको बाटो युएईबाट बनाएर फर्किन लागेका छन् ।

आफू युएईमा सेक्युरिटीको काम गरेका छन् तर उनले नेपालमा एउटा कृषि फारममा लगानी गरेर नियमित आयआर्जन हुने आधार तयार पारेका छन् । उनलाई साथ दिएका छन् झापका लछुमन काफ्ले र काभ्रेका उत्तम बिकले। तीन जनाको लगानीमा काभ्रेको बनेपामा नव ज्योति कृषि फारम स्थापना गरेर लेयर कुखुरा, बाख्रा र तरकारी खेती १० महिना अगाडि सुरु गरेका छन्।

अब दीर्घराजले नेपाल गएर के गर्ने भन्ने चिन्ता लिनुपर्ने छैन। प्रतिव्यक्ति ५ लाखको लगानीमा शुरु भएको उक्त फारमबाट दैनिक १५ सय अन्डा उत्पादन गरिरहेका छन् ।

सामाजिक योगदान स्वरुप सम्मान

एकता, सहयोग र सहकार्यको मुलमन्त्रमा आबद्ध युएईको सक्रिय जिल्ला स्तरीय सामाजिक संस्था झापाली समाज युएईको आजीवन सदस्य तथा दुबई क्षेत्रीय कोसाध्यक्ष दीर्घराज भटराईले झापाली समाज युएईको समाजको गरिमा बढाउन निर्वाह गरेको भुमिकाको उच्च मूल्याकंन गरेकोमा सम्मान गरेको छ।

झापा बारदशी गाउँकापालिका वार्ड नं ५ का स्थायी वासिन्दा बुबा पशुपति भट्टराई आमा नरदेवी भट्टराईका पुत्र दीर्घराज सरल, इमानदार र समाजप्रति समर्पित व्याक्तित्व भएकोले भव्य तरिकाले बिदाई गरेको झापाली समाज युएई, दुबई क्षेत्रीय अध्यक्ष सनम दंगाालले बताएका छन्।

सन् २००८ को डिसेम्बर ६ बाट शुरु भएको वैदेशिक रोजगारको यात्रा ११ वर्षपछि अन्त्य गरी नेपाल फर्कन लागेका भटराईलाई झापाली समाजका अतिरिक्त एकता बचत कोष, पाथीभरा बचत समुह, प्रगतिशील बचत समुहले पनि युएईबाट बिदाई कार्यक्रम आयोजना गरी सम्मान गरेका थिए। भट्टराई आगामी १९ डिसेम्बरमा नेपाल फर्कदै छन् । बिदाइ कार्यक्रममा सहभागी धेरैको प्रतिक्रिया थियो- बिदाइ होस् त दीर्घराजको जस्तो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...