News Portal

साकेला उधौली कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
१५५९ पटक

कुबेत : तीन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको शुभकामना आदानप्रदानका तथै लीम्बु जातिहरले मनाउने चाड-चासोक तङनाम, राई जातिले मनाउने चाड-साकेला उधौली, सुनुवार जातिहरुले मनाउने चाड-रापवा श्यादर पिदार, येले तङबे,येले दोङ,येले थोचे,५०७९/२०१९, कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष मन्जित राइले हिमालीसंचारलााई दिए।

किरातीहरुले मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् भने बैशाख शुक्ल पुर्णिमामा उभौली साकेला मनाउने गर्दछन्। नेपालमा मंसिर पुर्णिमाको दिन मनाउने गरिए पनि कुबेतमा रहेका किरातीहरुले भने परदेशको ठाँउमा समय मिलाएर मनाउने गरेका छन्।

यसैगरी कुबेतमा छरिएर रहेका किरातीहरुले आफ्नो पेशागत समयलाई समेटेर यहीँ आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रवारको दिन कुवेतको फर्वनिया स्थित युनिक अडिटोरियम हलमा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ शुभकामना आदानप्रदान तथा साकेला उधौली कार्यक्रम भव्यरुपमा मनाउने भएका छन।

उक्त दिनहुने कार्यक्रमा रोजगारिको शिलशिलामा कुवेत नगरिमा आएर बिभिन्न सँघ-संस्था र कम्पनिमा कार्यरत सम्पूर्ण किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक चाड साकेला उधौली सहभागिता जनाई चाड मनाउन अनुरोध गर्दै कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि कार्यक्रमका उपसंयोजक मोहन नाछिरिङ राइ तथा किराया कुवेतका अध्यक्ष राइले सम्पूर्णलाई आग्रह गरेका छन्।

कार्यक्रमका विवरण

मिति – डिसेम्बर,१३,तारिख शुक्राबर

स्थान – युनिक अडिटोरियम हल फर्वनिया ब्लक=३

समय – बिहान ११:00 बजेदेखि

आयोजक – ३ किराती संस्था

कार्यक्रम संयोजक – अशोक लिम्बु ९४१२८८०३

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...