News Portal

साकेला उधौली कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
१६१३ पटक

कुबेत : तीन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको शुभकामना आदानप्रदानका तथै लीम्बु जातिहरले मनाउने चाड-चासोक तङनाम, राई जातिले मनाउने चाड-साकेला उधौली, सुनुवार जातिहरुले मनाउने चाड-रापवा श्यादर पिदार, येले तङबे,येले दोङ,येले थोचे,५०७९/२०१९, कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष मन्जित राइले हिमालीसंचारलााई दिए।

किरातीहरुले मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् भने बैशाख शुक्ल पुर्णिमामा उभौली साकेला मनाउने गर्दछन्। नेपालमा मंसिर पुर्णिमाको दिन मनाउने गरिए पनि कुबेतमा रहेका किरातीहरुले भने परदेशको ठाँउमा समय मिलाएर मनाउने गरेका छन्।

यसैगरी कुबेतमा छरिएर रहेका किरातीहरुले आफ्नो पेशागत समयलाई समेटेर यहीँ आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रवारको दिन कुवेतको फर्वनिया स्थित युनिक अडिटोरियम हलमा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ शुभकामना आदानप्रदान तथा साकेला उधौली कार्यक्रम भव्यरुपमा मनाउने भएका छन।

उक्त दिनहुने कार्यक्रमा रोजगारिको शिलशिलामा कुवेत नगरिमा आएर बिभिन्न सँघ-संस्था र कम्पनिमा कार्यरत सम्पूर्ण किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक चाड साकेला उधौली सहभागिता जनाई चाड मनाउन अनुरोध गर्दै कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि कार्यक्रमका उपसंयोजक मोहन नाछिरिङ राइ तथा किराया कुवेतका अध्यक्ष राइले सम्पूर्णलाई आग्रह गरेका छन्।

कार्यक्रमका विवरण

मिति – डिसेम्बर,१३,तारिख शुक्राबर

स्थान – युनिक अडिटोरियम हल फर्वनिया ब्लक=३

समय – बिहान ११:00 बजेदेखि

आयोजक – ३ किराती संस्था

कार्यक्रम संयोजक – अशोक लिम्बु ९४१२८८०३

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...