News Portal

दुबईमा सगरमाथा र फुलबारी नेपाली रेस्टुरेन्ट सरकारी सहभागितामा छनौट

हिमाली संचार संवाददाता
११४२ पटक

आरपी ढुंगेल
युएई २७, २०१९ नोभेम्बर : युएईमा नेपालीहरुद्वारा संचालित दुई नेपाली रेस्टुरेन्ट युएई सरकारको एक कार्यक्रममा छनौट भएका छन्।

धादिङ स्थायी घर भएका ईश्वर उपाध्याय, लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र लमजुङकै हरिस गौलीको संयुक्त लगानीमा संचालित नेपालीको सगरमाथा रेस्टुरेन्ट र हरिस गौली र उपाध्यायको मात्रै लगानीमा संचालित फुलबारी रेस्टुरेन्ट द इयर अफ टोलोरेन्स सेलिब्रेट दुबईमा फास्टफुड रेस्टुरेन्ट वर्गमा छनौट भएको संचालक ईश्वर उपाध्यायाले बताएका छन्।

दुबई पुलिसको स्मारिकामा आफनो रेस्टुरेन्टको जानकारी प्रकाशन भएपछि उच्च पदस्थ अफिसरहरुले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाली खाना प्रदर्शनीमा राख्ने अवसर पाएको उपाध्यायले जानकारी दिएका छन्।

नेपालीको सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टमा तयार हुने नेपाली परिकारले नेपाली संस्कृतिलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट भएर छनौट भएको संचालक उपाध्यायले दाबी गरेका छन्।

नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै दुबई पुलिसको उच्च निकायमा आफ्नो रेस्टुरेन्टका स्वादिष्ट नेपाली परिकार, नेपाली झन्डा र पोशाकमा सजिएर सहभागी भएको र उक्त प्रदर्सनीमा आफ्नो रेस्टुरेन्ट छनौट भएकोमा संचालक ईश्वर उपाध्यायले खुसी प्रकट गरेका छन्।

कार्यक्रममा सहभागी भएको अवसरमा खिचिएका तस्वीरसहित संचालक ईश्वर उपाध्यायाले आफ्नो फेसबुकमा चोटिलो अभिव्यक्ति पोस्ट गरेका छन्, “नेपालमा राजनीति गर्नेहरुले सुन्दर देश नेपाललाई बदनाम बनाउन लागेका छन् भने हामी बिदेश बसेर हाम्रो देश नेपाल नेपाली र नेपालको भेषभुषाको चिनारी बिश्व सामु पुर्‍याउन लागेका छौँ।

आज बिश्वको नम्बर एक विकसित देश युएईको दुबईबाट गौरवका साथ चिनाउने एउटा काम गरिरहेका छौँ। The year of Tolerance Celebrate Dubai मा नेपालको झन्डाका साथ नेपाल र नेपालीको सान Dubai Government बाट बोलावट भएर सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्ट छ्नौट भइ सफल भएको जानकारी गराउदै सबैलाई धन्यवाद व्यक्त गर्दछु।

बरदुबईको नेपालीको सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टमा तयार पारिएका स्वादिष्ट नेपाली परिकारहरु स्थानीय बासिन्दा र अन्य देशका सहभागीले नेपाली खानाको स्वाद लिएका थिए।

प्रदर्सनीमा नेपालसँगै भारत, जापान, चीन, पाकिस्तान, बङलादेश लगायतका परिकार राखिएको थियो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...