News Portal

  • दुबईमा सगरमाथा र फुलबारी नेपाली रेस्टुरेन्ट सरकारी सहभागितामा छनौट

    हिमाली संचार संवाददाता
    १०६९ पटक

    आरपी ढुंगेल
    युएई २७, २०१९ नोभेम्बर : युएईमा नेपालीहरुद्वारा संचालित दुई नेपाली रेस्टुरेन्ट युएई सरकारको एक कार्यक्रममा छनौट भएका छन्।

    धादिङ स्थायी घर भएका ईश्वर उपाध्याय, लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र लमजुङकै हरिस गौलीको संयुक्त लगानीमा संचालित नेपालीको सगरमाथा रेस्टुरेन्ट र हरिस गौली र उपाध्यायको मात्रै लगानीमा संचालित फुलबारी रेस्टुरेन्ट द इयर अफ टोलोरेन्स सेलिब्रेट दुबईमा फास्टफुड रेस्टुरेन्ट वर्गमा छनौट भएको संचालक ईश्वर उपाध्यायाले बताएका छन्।

    दुबई पुलिसको स्मारिकामा आफनो रेस्टुरेन्टको जानकारी प्रकाशन भएपछि उच्च पदस्थ अफिसरहरुले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाली खाना प्रदर्शनीमा राख्ने अवसर पाएको उपाध्यायले जानकारी दिएका छन्।

    नेपालीको सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टमा तयार हुने नेपाली परिकारले नेपाली संस्कृतिलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट भएर छनौट भएको संचालक उपाध्यायले दाबी गरेका छन्।

    नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै दुबई पुलिसको उच्च निकायमा आफ्नो रेस्टुरेन्टका स्वादिष्ट नेपाली परिकार, नेपाली झन्डा र पोशाकमा सजिएर सहभागी भएको र उक्त प्रदर्सनीमा आफ्नो रेस्टुरेन्ट छनौट भएकोमा संचालक ईश्वर उपाध्यायले खुसी प्रकट गरेका छन्।

    कार्यक्रममा सहभागी भएको अवसरमा खिचिएका तस्वीरसहित संचालक ईश्वर उपाध्यायाले आफ्नो फेसबुकमा चोटिलो अभिव्यक्ति पोस्ट गरेका छन्, “नेपालमा राजनीति गर्नेहरुले सुन्दर देश नेपाललाई बदनाम बनाउन लागेका छन् भने हामी बिदेश बसेर हाम्रो देश नेपाल नेपाली र नेपालको भेषभुषाको चिनारी बिश्व सामु पुर्‍याउन लागेका छौँ।

    आज बिश्वको नम्बर एक विकसित देश युएईको दुबईबाट गौरवका साथ चिनाउने एउटा काम गरिरहेका छौँ। The year of Tolerance Celebrate Dubai मा नेपालको झन्डाका साथ नेपाल र नेपालीको सान Dubai Government बाट बोलावट भएर सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्ट छ्नौट भइ सफल भएको जानकारी गराउदै सबैलाई धन्यवाद व्यक्त गर्दछु।

    बरदुबईको नेपालीको सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टमा तयार पारिएका स्वादिष्ट नेपाली परिकारहरु स्थानीय बासिन्दा र अन्य देशका सहभागीले नेपाली खानाको स्वाद लिएका थिए।

    प्रदर्सनीमा नेपालसँगै भारत, जापान, चीन, पाकिस्तान, बङलादेश लगायतका परिकार राखिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...

    आज २०८२ साल भदौ २० गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...