कुवेत २५, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीका क्रममा कुवेतमा एक जना नेपाली कामदारको ज्यान गएको छ।
नुवाकोटको मेघाङ गाउँपालिका वडा नं ६ निवासी नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा ०८३४००३२ नं राहदानी वाहक २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा कुबेतकाे माबुल्ला ब्लक २ स्थित आफ्नै कोठामा मृत्यु भएको हो।
लगभग २ बर्षदेखी कुवेतलाईपीएस कर्मथलो बनाइरहेका प्रजय तामाङ अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा कार्यरत थिए। तर केही समय यता उनि कम्पनिबाट भागेर अवैध रुपमा रहँदै आएका थिए।