News Portal

तामाङ घेदुङ कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश ग्यावा र महासचिवमा कृष्ण तामाङ चयन

हिमाली संचार संवाददाता
७१७ पटक

कुवेत २३, २०१९ नोभेम्बर : नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन कुवेतको फर्वानियास्थित अडिटोरिम हलमा शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात राष्ट्रियगानसंगै दिल कुमार पाख्रिनको मन्तव्यद्वारा उपस्थित पाहुनाहरुलाई स्वागत गरिएको थियोे।

नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम लामा, तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङ, अध्यक्ष सुरेश ग्याबा, सरोकार समाज कुवेतका अध्यक्ष राम तामाङ, ट्याक्सी ब्याबसायी संघ कुवेतका अध्यक्ष सुनबहादुर तामाङ लगायतका अथितिहरुद्वारा सामुहिक केक काटेर उद्घाटन गरिएको थियोे।

त्यस्तै नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्तान, सरोकार समाजका अध्यक्ष राम तामाङ, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायतका ब्यक्तित्वहरुले आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए।

नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले आगामी २ बर्षको लागि क्रमशः सुरेश ग्याबालाई अध्यक्ष र कृष्ण बहादुर तामाङलाई महासचिबमा पुनः चयन गर्दै ४५ सदस्यीय मुल कार्यसमिती सर्वसम्मत चयन गरेका छन।

कार्यक्रमलाई भव्य र सभ्य रुपले सफल पार्नका लागि कुवेतका मिडियाकर्मीहरु लगायत कुवेतका विभिन्न स्थानबाट तामाङ दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिती रहेको थियो।

उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिब कृष्ण बहादुर तामाङले गरेका थिए भने सुरेश ग्यावा तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...