News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ब्रिटिश बोर्डिङ्ग स्कुल : शिक्षक पिकनिकमा मस्त, विद्यार्थी ४ घण्टा शौचालयभित्र थुनिएर बेहोस्

    हिमाली संचार संवाददाता
    ७५० पटक

    बाँके ६, २०७६ मंसिर : नेपालगन्जस्थित एक नीजि विद्यालयको लापर्वाहीका कारण चार बर्षिया बालिका जीवणमरण दोषाँधमा छिन्। नेपालगन्ज–१९ बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग हाई स्कुलको चरम लापर्वाहीका कारण चार बर्षिया बालिकाको ज्यान जोखिममा परेको हो।

    विहान ९ बजे नै विद्यालय पुगेकी चार बर्षिया बालिका सफलता बजगाईँ केही समयपछि विद्यालयभित्रै रहेको शौचलयमा शौच गर्न गएकी र शौचालयबाट निस्किन नसकेपछि करिब चार घण्टा थुनिएर बेहोस भएको जानकारी आफूले पाएको बालिकाका मामा शरद पाण्डेले बताए।

    ‘विद्यालयको पिकनिक रहेछ, भान्जी शौचालय गएकै बेला विद्यालयका शिक्षक र अरु विद्यार्थीहरु पिकनिक गए। भान्जी शौचालयमा करिब चार घण्टा थुनिएकी रहिछन्,’ घटना विवरण सुनाउँदै बालिकाका मामा पाण्डेले भने, ‘पिकनिक जाँदा पनि आफ्नो विद्यार्थी उपस्थित भए/नभएको बारे विद्यालय प्रशासनले वास्ता गरेन।

    उनले विद्यालयका शिक्षक शिक्षिकाप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘सकुशल विद्यालय गएको बच्चा अहिले मृत्युसँग लडिरहेको छ, यसको जिम्मेवारी कसले लिने ? हामीले सुखदुख गरेर विद्यालयले तोकेको शुल्क तिरेर पठाएका हौं, मार्नका लागि पठाएको होइन। पिकनिक जाँदासमेत बच्चा भए/नभएको विद्यालयका शिक्षकशिक्षिकाले किन वास्ता गरेनन् ?

    चार बर्षिया सफलता मामाको घरमा बस्दै आएकी थिइन्। बुवा जाजरकोटस्थित नेपाली सेनामा कार्यरत रहेको र आमा बर्दियाको एक स्कुलमा शिक्षिकाको रुपमा कार्यरत रहेका छन्। छोरी बेहोस भएकोबारे बुवाआमा खबर गरिएको र आउँदै गरेको बालिकाका मामा शरदले जानकारी दिएका छन्।

    बालिका सफलताको नेपालगन्ज मेडिकल कलेजमा आइसियुमा उपचार भइरहेको छ। दिउँसो करिब दुई बजेतिर बेहोस भएकी बालिका साँझ पौने आठ बजेपछि होसमा आएको उनका मामा शरदले सत्यपाटी डटकमलाई जानकारी दिएका छन्। बालिका कतिबेलादेखि बेहोस भइन् भन्नेबारे विद्यालयलाई समेत जानकारी नभएको उनले बताए।

    बालिकालाई उपचारका लागि नेपालगन्ज मेडिकल कजेलमा पुर्याएलगत्तै बाल विशेषज्ञ नभई असम्बन्धीत डाक्टरलाई चेकजाँच गर्न लगाइएको थियो। प्लाष्टिक सर्जन डा. विनोद कर्णले सुरुमा बालिकाको चेकजाँच गर्दै अवस्था सामान्य रहेको भन्दै गैरजिम्मेवारपूर्ण व्यवहार गरेको बालिकाका आफन्तले बताएका छन्।

    ‘बालिका बेहोस् हुँदाहुँदै पनि असम्बन्धीत डाक्टर आएर अवस्था सामान्य रहेको बताएउनुभयो। त्यसपछि हामीलाई थप शंका लागेपछि बाल विशेषज्ञ गुहार्र्यौ,’ बालिकाका आफन्तले भने, ‘अर्कै रोगका विशेषज्ञ आएर बालिकाको स्वास्थ्यमाथि खेलबाड गर्न खोज्नुभयो। यति ठेलो अस्पतालमा यस्तो गम्भीर लापर्वाही हुँदोरहेछ।

    विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले विद्यालयको आफ्नो बचाउ गरे पनि बालिका कति समयसम्म शौचालयमा थुनिएको भन्नेबारे अनभिज्ञता प्रकट गरे। तर उनले विद्यालयका विद्यार्थी र शिक्षकहरु पिकनिकमा गए/नगएको बारे केही खुलाएनन्। ‘घटना अकल्पनीयरुपमा भयो, हामी निकै तनावमा छौं,’ उनले भने।

    बालिकालाई उपचारका लागि दिउँसो साढे चार बजे नेपालगन्ज मेडिकल कलेजमा ल्याई पुर्याएको बताउँदै उपचारमा संलग्न बालरोग विशेषज्ञ डा.रोमा बोराले भनिन्, ‘केही सुधार भएको छ, आत्तिनुपर्ने अवस्था छैन तर बालिकालाई केही समय डाक्टरकै निगरानीमा राख्नुपर्ने डा.रोमाको भनाई छ।

    बालिकाका आफन्तहरुले बालिकाको उपचार खर्च विद्यालयले व्यवहोर्नुपर्ने बताएका छन्। ‘बालिकालाई शौचालयमा थुनेर पिकनिक जाने विद्यालयका शिक्षक शिक्षिकामाथि कारबाही होस्,’ बालिकाका मामा शरदले भने, ‘बालिकाको उपचार र जीवन रक्षा गर्ने दायित्व विद्यालयको हो, यदी त्यसो भएन भने हामी कानूनी कारबाहीमा जान्छौं।

    उनले चर्को शुल्क तिरेर विद्यालय पठाए अभिभावकले सुरक्षित महसुस गर्नुको सट्टा विद्यालयमै बालबालिका असुरक्षित हुनुपर्ने अवस्था आएको भन्दै विद्यालयमा आफ्ना बालबालिकाको अवस्था कस्तो छ भन्नेबारे अभिभावकलाई सर्तक हुन पनि आग्रह गरेका छन्। विद्यालयका पठाएका छोराछोरी सुरक्षित छैनन् भन्ने यस घटनाले पुष्टि गरेको बालिकाका आफन्तले बताए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ७, २०८२ (मे २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का...

    शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

    बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्।...

    पश्चिम नेपालमा भूकम्पको झट्का, कास्की आसपास केन्द्रबिन्दु

    कास्की, जेठ ६ – पश्चिम नेपालका विभिन्न जिल्लामा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ।...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ सुरु, लामो समयदेखि ‘हेर्न नमिल्ने’ को दौड टुंगियो

    काठमाडौं , जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी...