News Portal

जनवरी ३ मा गायिका सविना गुरुङकाे साथमा तमू प्ये ल्हु संघ कुवेतले तमू च्यु ल्होसार मनाउने

हिमाली संचार संवाददाता
१२६४ पटक

कुबेत १७, २०१९ नोभेम्बर : तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमू च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबार दिन कुबेतको खैतानस्थित राजधानी प्यालेस रेस्टुरेन्टको सभा हलमा अतिथि कलाकार सविना गुरुङको साथमा भव्य रुपमा मनाउने भएको छ।

तमू प्ये ल्हु संघ शाखा कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघले गत सालहरुमा पनि नेपालबाट अतिथि कलाकारहरु गायक तिलक गुरुङ, गायिका इन्दिरा गुरुङ ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सक्नु भएको छ।

यासपाली भने नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका सविना गुरुङलाई ल्याउने पक्का भएको छ। अतिथि कलाकार साथ दिन संघको कलाकारहरुको जोडदार प्रस्तुती रहने अध्यक्ष उमा गुरुङले जानकारी दिनुभयाे ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

आयोजक : तमु प्ये ल्हु संघ शाखा कुवेत
मिति : ३ जनवरी २०२० शुक्रबार
स्थान : राजधानी प्यालेस रेस्टुरेन्ट खैतान कुवेत
समय : ठिक बिहान १० बजे

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...