News Portal

जनवरी ३ मा गायिका सविना गुरुङकाे साथमा तमू प्ये ल्हु संघ कुवेतले तमू च्यु ल्होसार मनाउने

हिमाली संचार संवाददाता
१२१२ पटक

कुबेत १७, २०१९ नोभेम्बर : तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमू च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबार दिन कुबेतको खैतानस्थित राजधानी प्यालेस रेस्टुरेन्टको सभा हलमा अतिथि कलाकार सविना गुरुङको साथमा भव्य रुपमा मनाउने भएको छ।

तमू प्ये ल्हु संघ शाखा कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघले गत सालहरुमा पनि नेपालबाट अतिथि कलाकारहरु गायक तिलक गुरुङ, गायिका इन्दिरा गुरुङ ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सक्नु भएको छ।

यासपाली भने नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका सविना गुरुङलाई ल्याउने पक्का भएको छ। अतिथि कलाकार साथ दिन संघको कलाकारहरुको जोडदार प्रस्तुती रहने अध्यक्ष उमा गुरुङले जानकारी दिनुभयाे ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

आयोजक : तमु प्ये ल्हु संघ शाखा कुवेत
मिति : ३ जनवरी २०२० शुक्रबार
स्थान : राजधानी प्यालेस रेस्टुरेन्ट खैतान कुवेत
समय : ठिक बिहान १० बजे

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...