
१६ नोभेम्बर २०१९ कुवेत : नेपाल तामाङ घेदुङ कुवेतको तेस्रो अधिवेशन तथा ९ औं वार्षिकोत्सबको तयारी पुरा भएको नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा बरिष्ठ प्रमुख सल्लाहकार राम लामाले हिमालीसंचार डटकमलाई जानकारी दिएका छन।
“ह्याङलान रिमठिम ह्याङलान ग्योइ, ह्याङसेन तोर तोर छार्नालाइ” भन्ने मुल नारा बोकेको नेपाल तामाङ घेदुङ कुवेत सन् २०१० मा स्थापना भएको थियोे।
आउँदो शुक्रबार २२ तारीखका दिन घेदुङ कुवेतले मनाउने नवौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन कार्यक्रममा तामाङ सांस्कृतिक बिभागको बेजोड सांस्कृतिक प्रस्तुति समेत रहने संस्थाले जनाएको छ।
उक्त दिन कुवेतमा रहनु भएका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिका लागि सोही संस्थाका अध्यक्ष सुरेश ग्यावा तामाङले अनुरोध गरेका छन।
कार्यक्रम हुने:
मिति : २२ नोभेम्बर २०१९, शुक्रबार
समय : बिहान १० बजेदेखि
स्थान : आइडियल अडोटरियम फर्वानिया
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।
यो पनि पढ्नुहोस।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
