News Portal

  • युएईबाटै लघुचलचित्र “मेरी श्रीमती” सार्वजनिक

    हिमाली संचार संवाददाता
    ५४९ पटक

    आरपी ढुंगाना
    युएई १५, २०१९ नोभेम्बर : युएईमा कार्यरत नेपालीहरुले लघुचलचित्र “मेरी श्रीमती” सार्वजनिक गरेका छन्। नेपाली समाजले भोगिरहेको व्यावहारिक यथार्थतालाई देखाउने प्रयास स्वरुप यो लघु चलचित्र निर्माण गरेको निर्माता तथा निर्देशक बरुण खनालले जानकारी दिएका छन्।

    रक्सी र चुरोटको लतमा लागेको व्यक्तिले आफ्नी श्रीमतीलाई गाली गर्ने, कुटने, श्रीमतीले पकाएको खाना नमिठो लागेर बाहिरको खाना मगाउने गरेर सताएको दृश्य नेपाली जनजीवनसँग मिल्दोजुल्दो देखाइएको छ।

    यो प्रवृति खराब भएको महसुस जब चलचित्रमा नायकले महसुस गर्छ, तब कथाले युटर्न लिन्छ। नायकले नायिकालाई माया गर्न थाल्छ। आपसी मेल देखाउदै लघु चलचित्र सकारात्मक सन्देश दिएको देख्न सकिन्छ।

    सबैभन्दा रोचक पक्ष त यो रिल लाइफमा श्रीमानको भुमिकामा देखिएका नायक कैलाश अर्याल, श्रीमतीको भुमिकामा देखिएकी नायिका अनु अर्याल भण्डारी र छोरीको भुमिकामा रहेकी प्रिन्सेस अर्याल रियल लाइफमा पनि श्रीमान र श्रीमती हुन। युएईमै जन्मिएकी ३ वर्षकी प्रिन्सेस पनि उनीहरूकै रियल छोरी हुन।

    अभिनयमा परिपक्वता नदेखिए पनि रोजगारीको व्यस्तताका बीचमा नेपालीहरुको सामाजिक/ पारिवारिक यथार्थलाई छोटो कथामा समेटेर नारीवादी चलचित्र निर्माण गर्नु आफैमा रचनात्मक काम हो।

    किडस फन च्यानलले सार्वजनिक गरेको १० मिनेटको लघु चलचित्र सन्देशमुलक मात्रै बनेको छैन नारीहरुलाई आदरसम्मान गर्न पनि सुझाएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...