News Portal

युएईबाटै लघुचलचित्र “मेरी श्रीमती” सार्वजनिक

हिमाली संचार संवाददाता
५९० पटक

आरपी ढुंगाना
युएई १५, २०१९ नोभेम्बर : युएईमा कार्यरत नेपालीहरुले लघुचलचित्र “मेरी श्रीमती” सार्वजनिक गरेका छन्। नेपाली समाजले भोगिरहेको व्यावहारिक यथार्थतालाई देखाउने प्रयास स्वरुप यो लघु चलचित्र निर्माण गरेको निर्माता तथा निर्देशक बरुण खनालले जानकारी दिएका छन्।

रक्सी र चुरोटको लतमा लागेको व्यक्तिले आफ्नी श्रीमतीलाई गाली गर्ने, कुटने, श्रीमतीले पकाएको खाना नमिठो लागेर बाहिरको खाना मगाउने गरेर सताएको दृश्य नेपाली जनजीवनसँग मिल्दोजुल्दो देखाइएको छ।

यो प्रवृति खराब भएको महसुस जब चलचित्रमा नायकले महसुस गर्छ, तब कथाले युटर्न लिन्छ। नायकले नायिकालाई माया गर्न थाल्छ। आपसी मेल देखाउदै लघु चलचित्र सकारात्मक सन्देश दिएको देख्न सकिन्छ।

सबैभन्दा रोचक पक्ष त यो रिल लाइफमा श्रीमानको भुमिकामा देखिएका नायक कैलाश अर्याल, श्रीमतीको भुमिकामा देखिएकी नायिका अनु अर्याल भण्डारी र छोरीको भुमिकामा रहेकी प्रिन्सेस अर्याल रियल लाइफमा पनि श्रीमान र श्रीमती हुन। युएईमै जन्मिएकी ३ वर्षकी प्रिन्सेस पनि उनीहरूकै रियल छोरी हुन।

अभिनयमा परिपक्वता नदेखिए पनि रोजगारीको व्यस्तताका बीचमा नेपालीहरुको सामाजिक/ पारिवारिक यथार्थलाई छोटो कथामा समेटेर नारीवादी चलचित्र निर्माण गर्नु आफैमा रचनात्मक काम हो।

किडस फन च्यानलले सार्वजनिक गरेको १० मिनेटको लघु चलचित्र सन्देशमुलक मात्रै बनेको छैन नारीहरुलाई आदरसम्मान गर्न पनि सुझाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...