आज : २०२६-०६-३०, मङ्गलबार

नेपाल तामाङ घेदुङ कुवेतले नवौं वार्षिकोत्सब मनाउदै

कुवेत १०, २०१९ नोभेम्बर : “ह्याङलान रिमठिम ह्याङलान ग्योइ, ह्याङसेन तोर तोर छार्ना लाइ” भन्ने मुल नारा बोकेर सन् २०१० मा स्थापना भएको ‘नेपाल तामाङ घेदुङ कुवेत’ले आफ्नो नवौं वार्षिकोत्सब मनाउने भएको छ।

यहि नोभेम्वर २२ तारिख शुक्रबारका दिन घेदुङ कुवेतको नवौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशनका साथै तामाङ सांस्कृतिक बिभागको बेजोड सांस्कृतिक प्रस्तुति रहेको संस्थाका महासचिव कृष्ण बहादुर तामाङले हिमालीसंचारलाई जानकारी दिए।

यो पनि पढ्नुहोस।

नेपाल तामाङ घेदुङ कुवेतको ९ औं वार्षिकोत्सब तथा तेस्रो अधिवेशनको तयारी पुरा

कुवेतलाई कर्मभुमि बनाएर बस्नु भएका सम्पुर्ण नेपाली तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिन कार्यक्रममा आफ्नो गरिमामय उपस्थित जनाईदिन संस्थाले अनुरोध गरेको छ।

तपशिल:

मिति : २२ नोभेम्बर २०१९
समय : बिहान १० बजे
स्थान : आइडियल अडोटरियम फर्वानिया
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।